सन्धिखर्कमा हिन्दुखबर राष्ट्रिय पाक्षिकको विमोचन


घनश्याम पौडेल 
सन्धिखर्क, अर्घाखाँची ६ भदौ । हिन्दुखबर राष्ट्रिय पाक्षिकको विमोचन भएको छ । अर्घाखाँची जिल्लाकै पहिलो कलर १२ पृष्ठको पत्रिका जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्माले विमोचन गरेका हुन । पत्रिकाको विमोचन गर्दै शर्माले समाज परिवर्तन गर्ने मुख्य ऐना पत्रकार रहेकोले खोजीमुलक समाचार खोजी पत्रकार अगाडी बढ्नुपर्ने बताए । 
कलर पत्रिकाको नियतिम प्रकाशनमा सफलताको शुभकामना व्यक्त गर्दै निरन्तरता दिन आग्रह गरे । पत्रकार र राजनितिकर्मी समाजको परिवर्तन गर्ने ऐना भएकोले सत्य र तथ्यमा निरन्तरता दिन आग्रह पनी गरे । 
प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले पत्रिकाको निरन्तरताको शुभकामना दिदै पत्रकार र प्रशासन विचँको सम्बन्ध हरेक क्षेत्रमा भईरहेको र आगामी दिनमा पनी हुनुपर्ने बताए । प्रशासन तथा प्रहरीसँग सहकार्य गरेर मात्र सम्बन्धित समाचार प्रकाशन गर्न आग्रह गरे ।  
पत्रकार महासंघका उपाध्यक्ष गणेश खनालले पत्रिका सफलताको कामना गर्दै जति पत्रिकाको सुरुवात गर्न सजिलो छ, सोही पत्रिकालाई निरन्तरता दिन गाहृो छ, समाजको परिवर्तन गर्ने पत्रकार तथा सञ्चार माध्यम भएकोले सवैको साथ अपरिहार्य रहेको बताए । हिन्दुखबर राष्ट्रिय पाक्षिकलाई सफलताको शुभकामना व्यक्त गर्दै पत्रकार महासंघबाट हुने सहयोग गर्न तयार रहको बताए । 
सिआईजी अर्घाखाँचीका अध्यक्ष मुक्तिनाथ भुसालले हिन्दुखबर डटकम सञ्चालनमा ल्याउँदा विभिन्न टिकाटिप्पणी भएता पनी अहिले जिल्लाकै लोक्रप्रिय अनलाईन बनेको छ, हिन्दुखबर राष्ट्रिय पाक्षिक पनी सूचना तथा सुशासनको क्षेत्रका समाचारलाई समेटी अगाडी बढेस भन्दै शुभकामना व्यक्त गरे । 
पत्रिकाका अध्यक्ष इन्द्रमणि पौडेलले सुझाव र सल्लाह दिनुहुने सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहकार्य रहने बताए । कार्यक्रम सम्पादक सुरज सारुको स्वागत तथा प्रकाशक घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।  पत्रिका हरेक महिनाको ५ र २० गते प्रकाशन हुने पत्रिकाका प्रकाशक पौडेलले जानकारी बताए । 

अन्य समाचारहरु