अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । जिल्ला सिँचाइ विकास कार्यालय अर्घाखाँचीले आर्थिक वर्ष ०७४-०७५ का स्वीकृत कार्यक्रम र वजेटका बारेमा जानकारी गराएको छ ।
सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरि कार्यालयले सरोकारवाला पक्षलाई जानकारी गराएको हो । यो आर्थिक वर्षका लागि विभिन्न सिंचाइका योजनामा ४ करोड ९ लाख रुपैयाँ विनियोजन भएको कार्यालयका प्रमुख टंक केसीले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसालले सिंचाइका योजनाहरुलाई प्रभावकारी ढंगले सम्पन्न गर्नु पर्ने बताए । उनले सिंचाइको अभावमा कृषि गर्न समस्या भएका ठाउँहरुमा योजना लैजानु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले आफ्नो ठाउँमा स्वीकृत भएका योजनाहरुलाई स्थानीय तहले चासो दिनुपर्ने बताए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेल, मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण आचार्य, स्थानीय विकास अधिकारी प्रदिप पौडेल, प्रहरी नायव उपरिक्षक एक नारायण कोइराला, एमाले सचिव रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका सचिव गोपाल पौडेल, पत्रकार महासंघका सचिव सुर्य प्रसाद भुसाल, सिआइजीका अध्यक्ष मुक्तिनाथ भुसाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सावित्रा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।