सन्धिखर्कको नयाँ बसपार्क अस्तव्यस्त

बसन्त खड्का 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका स्थित नयाँ बसपार्कमा आवश्यक मर्मतसम्भार नहुँदा अस्तव्यस्त बनेको छ ।
यस बसपार्कमा वर्षाको समयमा हिलो र हिउदको समय धुलो हुनु सामान्य हो । बसपार्क वरपर जताततै फोहोर थुप्रिएको अवस्था छ । 
बस समितीहरुले बसपार्क व्यवस्थापनमा चासो नदिँदा समस्या देखिएको हो । यस्तै मनपरी ढङ्गबाट पसल सञ्चालन हुँदा बसपार्कको अवस्था भद्रगोल छ । व्यवस्थानसँगै बसपार्क सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ । यहाँ रहेका होटल, रेस्टुरेन्टमा सरसफाई गरेको देखिदैन । 
यस्तै सन्धिखर्क नगरपालिकाले आवश्यक मर्मतसम्भारका लागि कुनै योजना लिएको देखिदैन । बसपार्क क्षेत्रमा खानेपानी अभावदेखि फोहोरमैला व्यवस्थानको चुनौती रहेको छ ।
यस्तै बसपार्क क्षेत्र र बाटोमा कालोपत्रे मर्मतसम्भार समेत हुन सकेको छैन् । बसपार्क क्षेत्र प्रवेश गर्ने सबै सडक भत्किएका छन् । 
सम्बन्धित निकायले चासो नदिँदा बसपार्क क्षेत्र व्यवस्थित हुन नसकेको स्थानीय सरोकारवाला बताउँछन् ।

अन्य समाचारहरु