खनका मृगौला पिडितको उपचारका लागि आर्थिक सहयोग रकम हस्तान्तरण

प्रेम आचार्य
खन, अर्घाखाँची ११ साउन । अर्घाखाँची जिल्लाको साविक खन गाविस ५ हाल मालारानी गाउँपालिका ४ निबासी २२ बर्षिय मृगौला पिडित पिताम्बर खनालको उपचारकालागि १ लाख आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । 
 सोही पालिकामा जन्मभै हाल दुबैमा रोजगार गरी बस्दै आएका घनश्याम ज्ञवालीको सक्रियतामा संकलित एक लाख रुपैयाँ घनश्याम ज्ञवालीको श्रीमती गोमा ज्ञवाली बाट बिरामीको बहिनी अस्मिता खनाललाई एक कार्यक्रम गरी बिच हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव बिष्णु भुसाल, लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो । विरामिको अहिले काठमाडौंमा उपचार गरिएको छ ।
आर्थिक अबस्था कमजोर भएका पिताम्बरको उपचारको निम्ति अहिले सम्म विभिन्न व्यक्तिबाट झन्डै चार लाख संकलन भएको घरपरिबारबाट जानाकारी प्राप्त भएको छ ।
यस्तै मालारानीकै धनकला खनालको उपचारको लागि समाजसेवी तथा बरिष्ठ पत्रकार सहयोगी बिसीले  आर्थिक सहयोग अभियान सञ्चालन गरि काठमाण्डौमा उपचार भैरहेको छ । आजै घनश्याम ज्ञवालीकि श्रीमती गोमा ज्ञवालीले १० हजार रुपौया आर्थिक सहयोग सहयोगी बिसीलाइ हस्तान्तरण गर्नु भएको छ । 

अन्य समाचारहरु