सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्लामा सुशासन प्रर्बधनका लागि नागरीक सञ्जाल अर्घाखाँचीको गठन गरिएको छ ।
एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीले सञ्चालन गरेको पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सुशासन र जवाफदेहिता अभिबृद्धिका लागि उक्त सञ्जालको गठन गरिएको छ । युएसएआईडीको आर्थिक सहयोग र एफएचआई ३६० सँगको सहकार्यमा सञ्चालित परियोजना अन्र्तगत जिल्लामा रहेको गैरसरकारी संस्थाहरुलाई समावेश गरी सञ्जाल निर्माण गरिएको छ ।
जिल्लामा रहेका गैरसरकारी संस्थाका गतिबिधीलाई सार्वजनिक गर्न तथा सामाजिक जवाफदेहिता र उत्तरदायी बनाउन पनि उक्त सञ्जाल प्रभावकारी बन्ने नागरीक समाज संस्थाका प्रतिनिधीले बताएका थिए । सञ्जाल मार्फत जिल्लाका बिभिन्न मुद्धाहरुमा पैरबी गर्न तथा मासिक गतिबिधी सार्वजनिक गर्न सहज हुने सहभाीको भनाई रहेको थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष भोजबहादुर गन्दर्भले गैरसरकारी संघ संस्थाहरुले राज्यले गर्ने बिभिन्न कार्यमा टेवा पु-याइरहेको भन्दै सुशासन अभिबृद्धि गर्न नवगठित सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । गन्दर्वले सबै नागरीक समाज संस्थाहरुलाई पारदर्शी र जवाफदेहि बन्न आग्रह समेत गर्नुभएको थियो ।
जिल्लाका गैरसरकारी संस्था तथा अन्तराष्ट्रिय गैरसरकारी संघ सस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पारष्परिक जवाफदेहिता परियोजना अर्घाखाँचीका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले गर्नुभएको थियो ।