गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची भाद्र-१४ । राष्ट्रिय जनमोर्चाले संचालन गरिरहेको अक्टोबर क्रान्तिको शतबार्षिकी अभियानलाई अखिल छैठौं अर्घाखाँचीले पनि सहयोग गर्ने भएको छ ।
अखिल छैठौं अर्घाखाँचीको आज सन्धिखर्कमा सम्पन्न भएको पाँचौ पूर्ण बैठकले अक्टोबर क्रान्तिको झण्डालाई उचो राख्न नयां पिडिबाट हजारौं हजार सदस्यलाई पार्टीमा भर्ना गरौं भन्ने नाराका साथ संचालन गरेको अक्टोबर क्रान्तिको शतबार्षिकी अभियानलाई पूर्णरुपमा सहयोग गरि आफुहरुलेपनि हजारौं नयाँ बिद्यार्थीलाई अखिल छैठौंको सदस्यता प्रदान गर्ने निर्णय गरेको अखिल छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी.ले जानकारी दिनुभएको छ ।
बैठकले यहि भदौ २३ र २४ गते दाङ्गको लालमटियामा अखिल छैठौं पाँच नम्बर प्रदेशले आयोजना गरेको प्रथम प्रशिक्षण भेलामा सहभागि हुने प्रतिनिधि छनोट गर्दै प्रदेश भेला पछि पून जिल्ला बैठक बसेर सांगठनिक अभियान संचालन गर्ने निर्णय गरेको जनाइएको छ ।
अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता,उपाध्यक्ष बिष्णु के.सी.को स्वागत मन्तव्य र सचिब अनिल खनालको संचालनमा सम्पन्न भएको बैठकमा नेकपा मसालका जिल्ला प्रवक्ता थम्मन के.सी.ले समसामयिक बिषयमा प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो ।