अर्घाखाँचीमा केन्द्र र प्रदेशका उम्मेद्धारहरुको चर्चा शुरु (संभावित यस्ता छन्)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम)  १६ भदौ  । प्रदेश तथा केन्द्रिय प्रतिनिधि सभाको लागि मंसिर २१ गतेको मिति तय भएपछि उम्मेद्धारहरु को हुने भन्ने अर्घाखाँचीमा चर्चा चल्न थालेको छ । प्रदेशको लागि २ र केन्द्रको लागि १ निर्बाचन क्षेत्र निर्धारण भएपछि कांग्रेस, एमाले र माओवादीमा टिकट कस्ले पाउने भन्ने बिषय जिल्लामा बहसको बिषय बनेको छ । 

  चिया पसल, चौतारा, तथा चोकहरुमा फलानो पाटीबाट फलानो उम्मेद्धार हुने होला, फलानोले पायो भने जित्न सक्छ, फलनाको पकड राम्रो छ जस्ता कुराहरु हुन थालेका छन । 
  नेपाली कांग्रेसबाट केन्द्रको लागि पुस्पा भुसाल, मान बहादुर बिक, रेवती प्रसाद भुसाल र डाक्टर रामबहादुर बिसीको नाम चर्चामा छ । भने प्रदेसको लागि निर्बाचन क्षेत्र नम्बर १ मा बिष्णु खनाल (मुस्कान), हरि बहादुर खड्का, कृष्ण प्रसाद खनाल, बाबुराम पौडेल, निर्मला क्षेत्री र अनिता ज्ञवालीको नाम चर्चामा छ । निर्बाचन क्षेत्र नम्वर २ मा इन्द्रमणि पौडेल,  यादव प्रसाद घिमिरे, छविलाल पौडेल, हिम्मत टण्डन र श्यामनाथ कास्यपको नाम चर्चामा छ । 
एमालेबाट केन्द्रको लागि चेतनारायण आचार्य, पिताम्बर भुसाल, नरेन्द्र कुमार क्षेत्री र डा. दुमनसिंह थापाको नाम चर्चामा छ । प्रदेस सभाकोलागि निर्बाचन क्षेत्र नम्वर १ बाट  जनार्दन खनाल, शालिकराम आचार्य, राम बहादुर चौहान, पिताम्बर भुसाल, खुविराम आचार्य, र सरोज भुसालको नाम चर्चामा रहेको छ । निर्बाचन क्षेत्र नम्वर २ मा प्रेमनारायण गैरे, रामजी प्रसाद घिमिरे र  कृष्ण प्रसाद श्रेष्ठको  नाम चर्चामा छ । 
नेकपा माओवादी केन्द्रबाट केन्द्रको लागि टोप बहादुर रायमाझिको प्रबल सम्भावना रहने चर्चा चलेको छ । प्रदेस सभाको निर्बाचन क्षेत्र नम्वर १ को लागि चन्द्र बहादुर खड्काको नाम चर्चामा रहेको छ । 

अन्य समाचारहरु