अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) जिल्ला अनुगमन समिति अर्घाखाँचीले भुमिकास्थान नगरपालिकाकाे पकले, धारापानी, ढाकावाङ बजार क्षेत्रमा अाज शुक्रबार अनुगमन गरिएकाे छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीकाे संयाेजकत्व सहित जिल्ला प्रहरी काेष तथा लेखा नियन्त्रण कार्यालय उधाेग बाणिज्य संघ लगायतकाे टाेलिबाट २५ भन्दा बढिपसलमा खाध्य पदार्थ पेय पदार्थ लगायत अापुर्ति व्यवस्थाकाे व्यापक अनुगमन गरिएकाे छ ।
अनुगमनकाे क्रममा म्याद नागेका बस्तुहरू जफत गर्नुका साथै सचेतना निरर्देशन र नियमानुसार दर्ता गरि सन्चालन गर्न निर्देशन दिईएकाे थियाे ।
चाडपर्व नजिकिँदै जाँदा ग्रामीण क्षेत्रका उपभोक्ता लाई लक्षित गरेर प्रशासनबाट अनुगमनलाई तिब्रता दिईएकाे हाे ।