प्रेमनारायण आचार्य
अर्घा, अर्घाखाँची १७ भदौ । नवौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवसको अबसरमा समुदाय सचेतना तथा सरोकारवाला निकाय संगको अन्तरक्रिया कार्यक्रम अर्घाको पोखेडाँडामा सम्पन्न भएको छ ।
कार्यक्रमा मन्तब्य राख्दै गिद्ध सरक्षण अभिायनका बिज्ञ कृष्णप्रसाद भुसालले लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँची प्रकृतीको कुचीकार मानीने गिद्धको बासस्थानको रुपमा बिकसित हुन थालेको बताउनु भयो । उहाले हिमालमा बसोबास गर्ने र तराइमा बसोबास गर्ने ५ थरी गिद्ध पाइने जानकारी दिनु भयो । भुसालले पाँच थरी गिद्ध सधै भरि बस्ने रैथाने भए पनि समय समयमा सानो खैरे गिद्ध र राज गिद्ध पनि बसाइसराइ गरेर आउने गरेको बताउनु भएको हो ।
कार्यक्रममा गिद्ध संरक्षण अधिकृत कृष्ण प्रसाद भुसालले गिद्धको महत्व र संरक्षणको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला बन कार्यलयका रेन्जर सुमन पाण्डे, सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मी नारायण चुदाली, सदस्य रिषीकेस भुसाल, चमकला भुसाल, सन्धिखर्क नगरपालिकाका सव इन्जिनीयर नारायण पोख्रेल, सिता बिसी, पत्रकार प्रेम आचार्य, बन कार्यलयका लक्ष्मण खनाल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम गर्ता खहरे खोला सामुदायिक बनका अध्यक्ष डिल बहादुर रानाभाटको अध्यक्षता, धु्रब आचार्यको स्वागत र बलबहादुर रायमाझिको सञ्चालनमा सम्पन्न भएको हो ।