सन्धिखर्कको कुर पल्लाबारीमा चितुवाको आक्रमणबाट एक बालिका घाइते

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका -७ को कुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । 
कुरको पल्लाबारी निवासी चुरामणी खनाल र मनिषा खनालकी  ८ वर्षिया छोरी अस्मिता खनाललाई घरको आगनमा खेलिरहेको बेला साँझ नहुँदै ४:१५ बजे आक्रमण गरेको हो । चितुवाको आक्रमणले उनको छाती र हातमा चोट लागेको छ । 
उनको सन्धिखर्क स्थित जिल्ला अस्पतालमा उपचार हुन नसक्दा बुटवल रिफर गरिएको छ । उनको अवस्था सामान्य रहेको छ ।  मनिषाले  श्री भगवती माद्यामिक विधालय कुरमा कक्षा ३ मा पढदै आएकी छिन् ।  उनका बुवा चुरामणी बैदशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् । 
पछील्लो समय अर्घाखाँची जिल्लाभर चितुवाको बिगबिगी बढेको छ । गत वर्षमा चितुवाले आधा दर्जन बालबालिकाको ज्यान लिईसकेको छ । 

अन्य समाचारहरु