सन्धिखर्कका मेयरले कुर पल्लाबारीमा चितुवाको आक्रमणबाट घाइते बालिकालाई भेटे

अनिल भुसाल 
कुर, सन्धिखर्क, अर्घाखाँची भाद्र १८ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसालले सन्धिखर्क-७ कुर पल्लाबारीमा शनिवार चितुवाँको आक्रमणबाट घाइते भएकी  बालिकाको घरमा पुगि घट्नाको बारेमा जानकारी लिएका छन् । यस अघि उनले फोन गरी बालिकाको पछिल्लो स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए । 
कुर पल्लाबारी स्थित चुरामणि खनालकी ८ वर्षीय छोरी अस्मिता खनाल चितुवाँको आक्रमणमा परी घाइते भएकी थिईन् । छिमेकी सिता भुसालको घरबाट सामान ल्याएको भाडो छोड्न भनि हिडेकी बालिकालाई घरमाथि छिमेकी शोभाखर भुसालको घर अगाडि दिउँसो करिव ४:१५ को समयमा आक्रमण गरेको थियो।
चितुवाँले आक्रमण गर्नासाथ बालिका चिच्चाएपछि छिमेकीहरूले तत्काल उद्धार गरि जिल्ला अस्पताल सन्धिखर्क पुर्याएका थिए । जिल्ला अस्पतालमा सामान्य उपचारपछि बालिकालाई तत्काल उपचारको लागी लुम्बिनी अंचल अस्पताल बुटवल लगिएको थियो । बालिकाको छाति, हात र ढाडमा चोट लागेको छ। उपचारपछि अहिले बालिकाको अबस्था सामान्य रहेको छ। बालिकाको अबस्था सामान्य रहेकोले अस्पतालले डिस्चार्ज गरेको थियो ।  
  

अन्य समाचारहरु