अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा मानव अधिकारका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग उप क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा आईतबार सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति पिताम्बर शर्मा भुसालले अर्घाखाँचीमा पछिल्लो मानव अधिकारका घटनामा कमी आएका बताए ।
रास्टिय मानव अधिकार आयोग उप – क्षेत्रीय कार्यालय बुटवलका प्रमुख बुद्ध शाहानीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेल, प्रहरी नायव उपरिक्षक एकनारायण कोईराला, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. जगन्नाथ तिवारी, जिल्ला शिक्षा अधिकारी लिल बहादर राउत क्षेत्री, नेपाल बार एसोसिएसन अर्घाखाँचीका अध्यक्ष केबी भुसाल, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठ, सामुदायिक प्रहरीका अध्यक्ष राम बहादुर चौहान, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम बहादुर जिसि लेकाली, श्रृजनशिल अपाङ्ग विकास केन्द्रका अध्यक्ष फर्सुराम पाण्डे लगायतले बोलेका थिए ।
सो अवसरमा इन्सेकका नारायण भुसालले जिल्लामा भईरहेका घटनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।