जलुकेको नाैमुरेमा परापुर्व कालमा लेखिएकाे शिलालेख इतिहास फेला (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका स्थित जलुके नौमुरेमा परापुर्व कालमा लेखिएको शिलालेख फेला परेको छ । 
शीतगंगा नगरपालिका ७ साविक जलुके गाबिसको रातामाटा नौमुरेमा एउटा ढुङ्गामा परापुर्व कालमा नेपाली भाषामा लेखिएको अभिलेख फेला परेको हो । शिलालेखमा मिती १६८५ साल चैत्र १३ गते रहेको छ । 
नौमुरे जलविद्युत आयोजना स्थलको बहाव नाप्ने मेसिन हेरेर फर्कने  क्रममा  शिलालेख भेटिएको पत्रकार विनोद गैरेले जानकारी दिनु भयो ।  यो शिलालेख अहिले सम्म कसैले देखेका थिएनन । श्री लेखिएकोले कुनै सरकारी तर पुरानो अभिलेख हुनसक्ने वा राप्ति नदिले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको पत्रकार गैरेको भनाइ छ  ।   
यो पुरानो लिपि हो यसलाई पुरानो बिज्ञले बिश्लेषण गर्नुसक्ने भन्दै त्यहाँ लिएका तस्बिर हरु फोटो बिज्ञलाई पठाएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बताउनु भयो ।  
  
शिलालेख ठुलो ढुङ्गामा रहेको र गढेको छ । साथै त्यहाँ जाने बाटो छैन । स्थानियबासी त्यहाँबाट ठाढा रहेका छन् । शिलालेख फेला परेको ठाउँ ठाडाबाट २ किलोमिटरको दुरीमा रहेको छ । 

अन्य समाचारहरु