अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी पोखरेललाई बिदाई

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी डिल्लिराज पोखरेलको सरुबा भएपछि उद्योग वाणिज्य संघले र कर्मचारी मिलन केन्द्रले छुट्टा- छुटै कार्यक्रमको आयोजना गरी बिदाई गरेका छन् । 
विदाई समारोहमा विभिन्न कार्यालय र संघ संस्थाले सम्मान र मायाको चिनो प्रदान गरेका थिए । पोखेरेल जिल्लामा स्थानिय निर्वाचन शान्तीपूर्ण गराउनुका साथै सुरक्षा तथा अमनचयन कायम गर्न सफल भएका थिए । 
कार्यक्रममा उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद भुसाल, सचिव प्रदिप मिश्र, पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष हिमबहादुर जिसी लगायतले जिल्लामा पु-याएको योग्दानको चर्चा गरेका थिए । 
पोख्रेल अर्घाखाँची जिल्लाको प्रजिअ भएर २०७३ साल चैत्र १० गते आएका थिए ।

अन्य समाचारहरु