प्रदिप आचार्य
अर्घा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घा गच्छेगैरामा जलवायु अनुकुलन कृषक समूह सन्धिखर्क नगरपालिका -१० को आयोजनामा मकै खेती समापन साथै कृषक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
जलवायुले वातावरण र स्वास्थमा पारेको असर र त्यसलाई न्यूनीकरण गर्ने उदेश्यले FAO ले सन्चालन गरेको कार्यक्रममा कार्यक्रम समूह अध्यक्ष मिना आचार्यको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी स न पा १० का वार्ड अध्यक्ष लक्ष्मी नारायण चुदाली,बिशिष्ट अतिथी वार्ड सचीव अरुण कुमार आचार्य, बिशिष्ट अतिथी पशु स्वास्थ प्राबिधिक प्रदिप आचार्य, F A O बाट धन प्रसाद पौडेल,K U B K बाट शेखर पोखरेल राजनितिक प्रतिनिधि मावोबादी केन्द्रका वसन्त एसी, F A O अर्घाकी सामाजिक परिचालिका मेलिना सिंह ठकुरीको अतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा स्वागत गित प्रस्तुत गरि कार्यक्रम सुरु गरिएको थियो भने कार्यक्रममा मकै खेती गर्दा २० हप्ता सम्म विभिन्न कार्यक्रम र पाठशाला सन्चालन गरि स्थानीय जात उन्नत जात लगाई परिक्षण गरिएको थियो । यस्तै अनुकुलन्मा प्राबिधिक सिफारिस अनुसार मल, पृथक्ता दुरि र गोड्मेल गर्दा आएको भिन्नता बारे कार्यक्रममा प्रस्ट पारिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुमा वार्ड सचिब अरुण कुमार आचार्य पशु स्वास्थ प्राबिधिक प्रदिप आचार्य KUBK का शेखर पोखरेल, FAO का धन प्रसाद पौडेल वार्ड अध्यक्ष लक्ष्मी नारयण चुदाली भावना केसी लगायतले आफ्ना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले कृषि र पशुलाई आधुनिकिकरण गर्नु पर्ने, नयाँ जातको खोजी र प्रयोग गर्नुपर्ने फाइदा हुने खालको खेती गर्नुपर्ने र बिदेशिएका दाजुभाइलाई नेपालमै केही गर्ने वातावरण सिर्जना गर्ने र नमुना वार्ड बनाउन सक्दो सहयोग र साथ वार्ड कार्यालयबाट दिने कुरामा समेत वार्ड अध्यक्षले समेत जोड दिनुभएको थियो। कार्यक्रम मुना सिंह ठकुरीको सन्चालनमा भएको थियो।