यूवराज थापा
काठमाडौं ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड – ७ साविक खाचिकोट गाबिस -९ डिहिडाँडाका पुर्व प्राध्यापक एवम समाजसेवी दिपक शाहको उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको छ ।
शाहको काठमाडौं स्थित मृगौला उपचार केन्द्र वनस्थलिमा मृगौलाको उपचारको क्रममा निधन भएको हो ।
लामो समय देखि मृगौला रोगबाट पीडित शाहको भारतको दिल्लीमा समेत गराएका थिए । शाहको उपचारको लागि ईजरायलबाट यूवराज थापाको पहलमा विदेशबाट समेत नेपालीहरुले आर्थिक सहयोग गरेका थिए ।
दिपक शाहले लामो समय सन्धिखर्कको चुत्राबेशी स्थित श्री जनज्योती मावी चुत्राबेशीमा प्राध्यापक गरेका थिए । भने पछील्लो समय खाचिकोटको डिहिडाँडामा सामाजिक सेवा गर्दै आएका छन् ।