अर्घाखाँचीमा सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरी प्रशासन असफल ! बाघको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग

Image result for अर्घाखाँची प्रहरी

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरी प्रशासन असफल भएको छ । लामो समय देखि नरभक्षी चितुवा तथा बाघको आतङ्कले नछोडेपछि अर्घाखाँची जिल्लाका बासिन्दा अत्यन्तै त्रसित भएका छन्न । 
पटक-पटक बाघको आक्रमणबाट अबोध बालबालिकाको ज्यान जाँदा समेत बाघ मार्न प्रशासन लागी नपरेको गुनासो जिल्लाबासीको छ ।
जिल्लामा गएको २,३ वर्ष भित्र लगभग एक दर्जन बालबच्चाको बाघको आक्रमणबाट ज्यान गएको छ । अर्घाखाँचीको ईतिहासमा यसरी बाघले मानविय क्षती पुराएको पहिलो पटक हो । 
यसैक्रममा मंगलबार साँझ सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर ( साविक खाचिकोट – ६ भालुखोला बाजाबारी) का एक बच्चालाई बाघले खाएको छ । रमेश के.सी र निर्मला के.सीको वर्ष ४ को कान्छो छोरो मनिष केसी (गोले)लाई घरको आगनमा खेलिरहेका बेला बाघले आक्रमण गरी जंगलमा लगेर खाएको हो । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ को प्रगतीनगर भालुखोला सम्पन्न गाउँ हो जुन बजारको नजिक छ भने यहाँ जंगल पनि छैन । तर बजारको नजिकमा पनि बाघ चितुवाले दैनिक जसो घरपालुवा जनावर माथि आक्रमण गर्ने र खाने गरेको देखिन्छ । अझ पछाडिका कुर, दुबार, खाचिकोट, ढिकुरा, नुवाकोट, किमडाँडा लगायतका  गाउँहरुको अवस्था कस्तो होला । बाघको विग विगी बढेपछि स्थानिय बासिन्दा घर बाहिर निस्कन समेत डराएका छन् । 
जिल्लामा बाघ आक्रमण  र आतंक बढ्दै गएको लामो समय हुँदा समेत प्रहरी प्रशासनले बाघ मार्नका लागि अहिले सम्म महत्वपूर्ण भूमिका खेल्न सकेको छैन् । प्रशासनले घट्ना घटेपछि बाघ मार्नका लागि प्रहरी परिचालन गर्ने योजना पटक-पटक बनाएता पनि अहिले सम्म सफल हुन सकेको छैन् । 
यस अगाडि पनि बाघ मार्नु पर्ने व्यापक गुनासो आएपछि बाघ मार्नका लागि प्रशासनले २,४ दिन प्रहरी परिचालन गराएता पनि उपलब्धी शुन्य रहेको छ । अर्घाखाँची नेपालको अन्य भेगमा भन्दा बढी बाघले आतङ्क मच्चाएको जिल्ला हो । विधालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन ।  
उता अर्घाखाँचीमा बारम्बार यस्ता घटना हुँदाहुदै पनि जनचेतना कमि-कमजोरी भएको देखिन्छ । घटना हुँदाको दुई चार हप्ता आफ्ना बालबालिकालाई ध्यानमा राखेको देखिन्छ अनि त्यसपछि घटना भुलेको देखिन्छ । बाघले कुनै पनि समयमा हमला गर्न सक्ने भएकोले साँझ बिहान रातीमा बच्चालाई एक छिन पनि एक्लै छोड्न नहुने देखिन्छ । 
बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा २,३ वर्ष देखि बारम्बार  जिउधनको रक्षाको लागि आग्रह गरिरहेका छन् । उनिहरुले नरभक्षी बाघलाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेता पनि जिल्लामा २,३ वर्षको अवधिमा कयौ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख आए तर ति सबैले जनताको समस्या कहिलै सुनेनन् । यस जिल्लामा कुनै निकायले यसलाई चासो देखाएनन् ।  
 
उता सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर बाघको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन् । सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे गाउँ छाड्न बाध्य हुने उनिहरुको भनाई छ ।  
Image result for अर्घाखाँची प्रशासन

अन्य समाचारहरु