सन्धिखर्क लगायत । फाइल तस्बिर
कृष्ण प्रसाद पाण्डे
पर्यावरण विशेषज्ञ
छत्रदेव – ५, अर्घाखाँची
हाल प्राविधिक विश्वविद्यालय म्यूनिख, जर्मनी
अर्घाखाँचीमा मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको छ। अर्घाखाँचीमा बितेका २-३ वर्षमामात्रै चितुवाको आक्रममणका १४ भन्दा बढी घटना भएका छन् । यी घटनामा एक दर्जनजति बालबालिकाको मृत्यु भएको थियो । ६ घाइते भएका थिए । सदरमुकाम सन्धिखर्कको कुर, किमडाँडा, नुवाकोट र खाँचीकोटमा मात्र १२ वटा घटना भएको पाइन्छ। त्यसैगरी अर्घाखाँचीमा मात्रै पछिल्ला दुई तीन वर्षमा ६ चितुवा मृत फेला परे । जसमा ४ भाले र २ पोथी छन् ।
चितुवा संरक्षीत्त जनवार भएतापनि अबोध छोराछोरिको ज्यान गएपछि अर्घाखाँचीमा नरभक्षी चितुवा मार्नुपर्ने तथा संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग आवाज आइरहेको छ। तसर्थ पिडित क्षेत्रका बासिन्दा र बन्यजन्तुविचको द्वन्द व्यवस्थापन गर्नु अत्यवश्यक भएको छ।
एउटा बयस्क बाघ तथा चितुवा लाइ दैनिक ५ केजि सम्म मासु को आवश्यकता हुन्छ। यसकालागी उसले आफ्ना आहारा प्रजातिहरु जस्तै मिर्ग,बँदेल आदिको शिकार गर्छ।तर प्राकिर्तिक बासस्थान र आहारा प्रजाति तथा संख्या मासिएपछि बाघ तथा चितुवा लाइ अहाराको कमि हुन्छ गाउँ पस्छन्।बिरामी वा बुढो भएपछि चितुवाले मृग मार्न सक्दैन। बरू कुकुर मार्न सजिलो हुने भएकाले चितुवा शहर पस्छ। चितुवालाइ मान्छेसित डर हुन्छ तर कसैलाइ एकपटक मारेपछि मान्छेसितको यसको डर घट्छ भनिन्छ। प्रायस: बुढो, विरामी वा घाइते चितुवा र धेरैजसो भाले चितुवाले मान्छे खाने बन्छ भनिन्छ। तसर्थ चितुवा र मान्छेका क्रियाकलाप र तिनीहरुसंग जोडिएका खतराहरु जान्नु आवश्यक हुन्छ।
चितुवालेले प्रायश: बाली स्याहार्ने समयमा, रातमा बाहिर निस्कदा वा घर बाहिर सुत्दा आक्रमण गर्ने संभावना ज्यादा हुन्छ। रातको समयमा अंध्यारो हुने भएकोले आफ्नो शिकारलाइ कब्जामा पार्न वा भाग्न सजिलो हुने साथै यसको आँखा मानिसको भन्दा ४ गुना बढी टाढा देख्न सक्ने हुनालेपनि मानिसहरु घरबाट टाढाको शौचालय जाँदापनि बाघको आक्रमणमा पर्ने संभावना हुन सक्छ। यसबाहेक बाघका आहारा प्रजातिहरु जस्तै जरायो, चित्तल, रतुवा, चौसिँगा ,बँदेल आदि कमि भएमापनि कुकुर मार्न सजिलो हुने भएकाले गाउँ पस्दा यस्ता घटना घट्न सक्छन। बाघले मान्छे खाँदा यसको ठुलो असर हुन्छ, चाहे त्यो एकैजना नै किन नहोस। कुनै एकै व्यक्तिको मरणले पनि परिवारमा प्रत्यक्षरुपमा ठुलो आघात र कठिनाइ हुन्छ भने अप्रत्यक्षरुपमा सिंगो समुदायलाइ नै मनोबैग्यानिक तनाव र अब्यबस्था ल्याउन सक्छ।
शहरिकरण तथा कृषिमा आएको परिवर्तनले बन्यजन्तुको प्राकिर्तिक बासस्थान वा आहारा प्रजातिमा कमि हुनु नै चितुवा गाउँ पस्नुको प्रमुख कारण हो। तसर्थ, अर्घाखाँचीका नगरपालिका तथा गाउँपालिकाका बन कार्यालयले विग्यहरुको परामर्शमा समुदायीक जनचेतना, क्षत्तिपुर्ति ब्यवस्था,सतर्कता, पासो वा बन्दुकको प्रयोग, चितुवाको स्थानन्तरण, चितुवाको नियोजन तथा धेरैनै समस्या परेको अवस्थामा बाघलाइ मारेरै नियन्त्रण र ब्यबस्थापन गर्नुपर्ने हुन्छ। वातावरण ब्यवस्थापन गरी संरक्षित वनमा बाघको आहारा प्रजाति बढाउने, जमिनको प्रयोगको योजना बनाउने, चितुवाको बासस्थान, आहारा प्रजाति र हिड्ने जैविक मार्ग विश्लेषण गरी नयाँ बस्तिको बिस्तार को योजना त्यसैअनुरुप गर्नु आवश्यक हुन्छ।