दिपक भूसाल
काठमांडौ, अर्घाखाँची डटकम् मिति २०७४ भाद्र २९ गते विहिवार। विश्वभर रहने अर्घाखाँचीवाँसीको छाता संगठन अन्तरास्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको काठमाण्डौ सम्पर्क समिती घोषणा सभा २०१७-७४ सम्पन्न भएको छ ।
विदेश जाने र आउने जिल्लावाँसीको एकताको लागी अन्तरास्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको काठमांडौमा सम्पर्क समिती अपरिहार्य भएको महसुस गर्दै संस्थाले संगठन विस्तारको पहिलो चरणमा नेपालको केन्द्रीय राजधानी काठमाण्डौवाट आधिकारिक समिती गठन प्रकिया सुरु गरेको छ । अर्घाखाँचीकै यूवा समाजसेवी शिवदेव पाण्डे र पत्रकार दिपक भूसालको प्रमुख पहलमा भेला आयोजना गरिएको हो ।
आज वसेको भेलाले शिवदेव पाण्डेको अधक्ष्यतामा ११ सदस्यीय सम्पर्क समिती गठन गरेको छ । जस समितीको अध्यक्षमा शिवदेव पाण्डे, उपादक्ष्य रिना आचार्य,महासचिव दिपक भुसाल,सचिव प्रकाश भूसाल,कोषादक्ष्य प्रतिभा भुसाल,कार्य समिती सदस्यहरुमा नवराज ज्ञावली,सचिन पाण्डे,कृष्ण प्रसाद घिमिरे,अरुण पाण्डे,ठाकुर प्रसाद आचार्य,लेखनाथ ज्ञावली र साधारण सदस्यमा लक्ष्मण पोख्रेल, कु्ष्ण भुसाल र योगेश आचार्यलाई चयन गर्दै आजको वैठक सम्पन्न भएको छ ।
यस समिती वैदेशिक रोज़गार वा अन्य प्रयोजनका लागी काठमांडौमा पुग्ने अर्घाखाँचीवाँसीको छाता समिती वन्ने छ । समितिले अवका दिनमा विदेशवाट फर्कने जिल्लावाँसीलाई काठमाण्डौ विमानस्थलवाट सिधा गन्तव्य सम्म पुर्याउन आवस्यक सहयोग गर्ने गरी कार्यक्रम वनाएको छ ।