राष्ट्रिय बाल दिवस मनाईदैं गर्दा अर्घाखाँचीमा चरम बाल श्रम शोषण

प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै गर्दा अर्घाखाँची जिल्लामा भने बाल श्रम शोषणको घटना जारी रहेको रहेको छ ।

अर्घाखाँची जिल्लाको ढोरपाटन सडक खण्डमा महिनौ देखि बालबालिकाहरुलाई सडक खन्ने, मर्मत गर्ने काममा लगाई बाल श्रम शोषण गरिएको छ । यहाँ काम गर्ने बालबालिकालाई ठेक्दारले दैनिक बिहान ६ बजे देखी साँझ ६ बजे सम्म १२ घण्टा काम गराउदै आएको छ । यि बालबालिका छिमेकी जिल्ला  प्युठानबाट ल्याइएका हुन् ।
साथै यो बालबालिकालाई आफ्नो तलब के कती हो त्यो केही थाहा छैन । उनिहरु विद्यालयमा पढाई छोडेर श्रम गर्न बाध्य छन् ।
अर्घाखाँची जिल्लाभर सयौ बालबालिकाहरु विभिन्न होटलमा भाडा माज्ने, सवारीसाधनमा खलासी गर्ने, घर निर्माणमा मजदुरी गर्ने, खोलामा गिट्टी, बालुवा जम्मा गर्ने, इँटा भट्टामा काम गर्ने, सडक खन्ने काममा प्रयोग गरिदै आएको देखिन्छ । तर सम्बन्धित निकाय मौन रहेको देखिन्छ ।
यस्तै जिल्लामा बाघ चितुवाको आक्रमणमा दर्जनौ बालबालिका परेका छन् ।
जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको संख्या १ करोड पाँच लाख ४६ हजार छ ।

अन्य समाचारहरु