अर्घाखाँचीका एक युवाको कतारमा सडक दुर्घटनामा परि मृत्यु

टेक राज थापा
दोहा ( अर्घाखाँचीडट्कम) । रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँचीका एक जनाको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।
शीतगंगा नगरपालिका वार्ड नं ४ पोकेडाँडाका बर्ष २७ का मधु घर्ति क्षेत्रीको सडक दुर्घटना परि गत बिहीबार ३१ अगस्ट २०१७ का दिन साँझ दोहाको समाल रोड स्थित यात्राको क्रममा दुर्घटना परि उपचारको क्रममा मृत्युु भएको हो। उनी बिगत ३/४ बर्ष देखि कतारको एक कम्पनीमा कार्यरत थिए । 
 
क्षेत्रीको निधनले अर्घाखाँची सेवा समाज कतार परिवार मर्माहत हुँदै दुख ब्यक्त गरेको छ। निधनको खबर प्रति सिङ्गो अर्घाखाँची सेवा समाज शोकमा डुबेको समाजका अध्यक्ष् ठाकुर परियार बताएका छन । समाजले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। कम्पनीमा कार्यरत मृतका आफन्तले दिएको जानकारी अनुसार क्षेत्री ७ महीना अघि घर बिदामा गैइ फर्केका थिए ।
मृतक क्षेत्रीको शव अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको छ । कम्पनीले सम्पुर्ण कागजी प्रक्रिया पुरा गरि शवलाई नेपाल पठाउन अन्तिम तयारीमा रहेको र यहि १७ सेप्टेम्बर २०१७ को दिन Qatar Airways बाट बिहान ८:२५ शवलाई नेपाल लैजाने कम्पनीमा कार्यत राजु कुँवरले बताएका छन् ।
क्षेत्रीको घरमा श्रीमति र ५ बर्षको छोरा रहेका मृतकका आफन्त पर्ने भान्जा राजु कुँवरले जानकारी दिए ।

अन्य समाचारहरु