पहिलो प्रकासित मिती: २९ भदौ, २०७४
श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची २९ भदौ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सुचना सवैभन्दा ठूलो पावर भएकोले संचार क्षेत्रको सहकार्यमा आफुले जिल्लामा सवै गतिविधीहरुलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भर्खरै मात्र अर्घाखाँची सरुवा भई आएका प्रजिअ भुसालले कानुन विपरित कुनैपनि कार्य गर्ने अधिकार कसैलाई पनि नभएकोले त्यस्तो देखिएमा कानुन अनुसार कारवाही गर्ने स्पष्ट पारेका छन् । जिल्लामा क्रियाशिल पत्रकारहरुसंग भेटघाट गर्दै भुसालले कानुन र समाजको हित बाहिर रहेर कुनैपनि गतिविधी नगर्ने बताएका थिए । भुसालले राजनीतिकर्मीहरुलाई जनताप्रति बफादार भएर काम गर्न आग्रह गरेका छन् ।
पछिल्लो समयमा अर्घाखाँची जिल्लामा चितुवाको आक्रमण बढेको भन्दै भुसालले यसको नियन्त्रणको लागि कुनैपनि भूमिका निर्वाह गर्न आफुहरु तयार रहेको बताएका थिए । अन्तिम अवस्था आएमा चितुवालाई नियन्त्रण गरी मार्न समेत प्रहरीलाई निर्देशन दिएको भुसालले बताएका थिए । साथै भुसालले जिल्लाको विकासको लागि निमार्णमा आफु कुनैपनि सहयोग गर्न तयार रहेको समेत बताएका थिए ।