अर्घाखाँचीमा सेना र प्रहरीद्वारा बाघको खोजी कार्य जारी, दोस्रो दिन पनि बाघ नभेटिएपछि नयाँ रणनिती बनाउदै प्रहरी ( तस्बिर सहित)

(पहिलो प्रकासित मिती: २०७४ भाद्र ३०, शुक्रवार)

प्रेम खड्का 
भालुखोला , अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्ठित खाचिकोट, ढिकुरा लगायतका क्षेत्रमा परिचालन भएको बिशेष सेना र प्रहरीको टोलीले दोस्रो दिन शुक्रबार पनि बाघ फेला पर्न सकेन । 
सेना र प्रहरी परिचालन गरेको दोस्रो दिन नरभक्षी चितुवा, बाघ फेला परेन। दोस्रो दिन पनि सन्धिखर्कको कुर बेल्दारा देखि खाचिकोट, ढिकुरा सम्मको सबै जंगलमा खोजी गरिएपनि बाघ फेला पर्न सकिएन । अर्घाखाँचीको ईतिहासमा बाघ मार्नको लागि सेना परिचालन गरिएको यो पहिलो घटना हो । 
नरभक्षी चितुवा, बाघ मार्नका लागि हरियार सहित सेनाका २५ जना सादा पोशाक सहितका प्रहरी ३५ जना, वन कार्यालय, स्थानियबासी सहित सयौ  जना परिचालन भएका छन् । त्यस्तै आज दिउसो ढिकुरा स्थित पियाले तुसारेपानीमा चितुवाले बाख्रा माथी आक्रमण गरे पनि कुनै क्षती भएको छैन । गाई, बाख्रा चराउन आएका बेला चितुवाले आक्रमण गरेको थियो । 
उता दोस्रो दिन पनि खोजी जारी राख्दा नरभक्षी बाघलाई फेला पर्न नसकेपछि प्रहरीले नयाँ रणनिती बनाउन पुन: सुरक्षा बैठक बस्ने भएको छ । उक्त सुरक्षा बैठकमा अध्ययन बिश्लेषण गरी जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउन अबकाे प्रयास र बिकल्पको बारेमा छलफल हुनेछ ।   यस पटक प्रहरी प्रशासनले बढी सकृयता देखाएको छ ।
बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दा त्रसित भएका छन् ।
मंगलबार साँझ सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर ( साविक खाचिकोट – ६ भालुखोला बाजाबारी) का रमेश के.सी र निर्मला के.सीको वर्ष ४ को कान्छो छोरो मनिष केसीलाई बाघले खाएपछि  हिजो बसेको अापतकालिन सुरक्षा बैठकले बाघ मार्नका लागि प्रहरी परिचालन गर्ने निर्यण गरेको थियो । बाघ मार्नका लागि सदरमुकाम सन्धिखर्कको कुर, किमडाँडा, नुवाकोट, ढिकुरा र खाँचीकोट लगायतका क्षेत्रमा हतियारसहित सेना – प्रहरी परिचालित भएका हुन् ।
जिल्लामा गएको तीन वर्षभित्र १५ जना भन्दा बढि बालवालिकालाई चितुवाले आक्रमण गरेको छ । जसका कारण १० जनाको ज्यान गएको छ । जिल्लामा चितुवा, बाघ आक्रमण  र आतंक बढ्दै गएको लामो समय हुँदा समेत प्रहरी प्रशासनले चितुवा मार्नका लागि अहिलेसम्म महत्वपूर्ण भूमिका खेल्न नसकेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् । अर्घाखाँची नेपालको अन्य भेगमा भन्दा बढी बाघले आतङ्क मच्चाएको जिल्ला हो ।

अन्य समाचारहरु