बसन्त खड्का
गच्छेखोला, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७, गच्छेखोला बटुवाका दिलदार हुसेन राजनीति बाहेक प्राय समय कृषि व्यवसायमा खर्चिदै आएका छन् ।
दिलदार राष्ट्रिय जनमोर्चाका जिल्ला स्तरिय नेता पनि हुन् । उनी गएको स्थानिय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी पनि दिएका थिए । उनले लामो समय छिमेकी जिल्ला गुल्मीमा समेत व्यवसाय गरेका थिए । उक्त समयमा दुर्घटनामा परे पछि कपडा व्यवसाय छोडि पछिल्लो समय कृषि पेशा गर्दै आएका छन् ।
दिलदारले कृषि पेशाबाट वार्षिक दसौ लाख रुपैया आम्दानी गर्दै आएका छन् । उनी आफ्नो व्यवसायबाट खुशी रहेको बताउन्छन ।
उनी भन्छन्; देशमा युवाहरु बिदेश जाने होडबाजी चलेको बेला मलाई बिदेश जानू भन्दा पनि स्वदेशमा केही गरौ भन्ने सोचले म यो पेसामा आकर्षक भएको हो । मैले जति गर्छु त्यही अनुसारको आम्दानी भएको र म यसैमा सन्तुष्ट रहेको छु ।
दिलदारले राजनीतिकका साथै कृषि पेशालाई पनि निरन्तरता दिने बताउन्छन् ।