विनोद गैरे
भुमिकास्थान, अर्घाखाँची । व्यवस्थित परिवार स्वास्थ्य र विकासको आधार भन्ने मुल नाराका साथ भुमिकास्थान स्वास्थ्य शाखा अर्घाखाँचीले बृहत अन्तक्रिया कार्यक्रमको आयोजना गरि चौथो राष्ट्रिय परिवार नियोजन दिवस भव्य रुपमा मनाएको छ ।
भूमिकास्थान नगरपालिकाका कार्यकारी रुद्रलाल भुसालको सभापतित्व र नगर प्रमुख रेशम थापाको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा नगर उप प्रमुख खडानन्द बेल्वासे, लेखा अधिकृत नविन श्रेष्ठ, सव इन्जिनियर जितेन्द्र श्रेष्ठ, सहायक महिला विकास निरिक्षक सुजाता भण्डारी, असिस्टेन्ट सव इन्जिनियर भुपाल पुन, वास सहजकर्ता भावना भुसाल, वास असिस्टेनट इन्जिनियर राम प्रसाद भट्टराई, स्थानीय महिला आमा समुहहरु, महिला स्वास्थ्यकर्मीहरु साथै अन्य सरोकारवालहरुको उपस्थिती रहेको थियो ।
अन्र्तक्रिया कार्यक्रममा अधिकांसले परिवार नियोजनले जनसंख्या वृद्धि र आर्थिक तथा सामाजिक विकासवीच सन्तुलन कायम राख्ने, जनताको आधारभुत स्वास्थ्य स्थितिमा सुधार ल्याउने, दम्पत्ति विच गुणस्तरीय जिवनयापनमा सहजता ल्याउने, आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउदै महिलाको समग्र प्रजनन स्वास्थ्यमा सुधार गर्ने हुँदा परिवार नियोजनलाई मानव जीवनको गुणस्तर सुधार गर्ने उपायहरु मध्यको एउटा अति सस्तो र प्रभावकारी उपायको रुपमा लिईएको धारणा राखेका थिए ।
सोहि अवसरमा भुमिकास्थान नगरपालिकाका स्वास्थ्य संयोजक देभ बहादुर थापाले गर्भान्तरको लागि पुरुषले प्रयोग गर्ने साधन कण्डम, महिलाले प्रयोग गर्ने साधन खाने चक्की – पिल्स, डिपोप्रोभेरा सुई, इम्प्लान्ट वा आइ।यु।सि।डी। स्वास्थ्य संस्थाहरुबाट निःशुल्क रुपमा उपलव्ध हुने हुँदा परिवार नियोजनका अस्थायी आधनहरुको प्रयोग गर्नुपर्र्ने धारणा राख्दै ग्रामिण स्तरमा परिवार नियोजन र परिवार नियोजनका अस्थायी तथा स्थायी साधनहरुको वारेमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गरी दुरदराजका जनतालाई सुसुचित गराउनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रम भु।न।पा स्वास्थ्य संयोजक देब बहादुर थापाको स्वागत र सह संयोजक सिदार्थ आचार्यको संचालनमा सम्पन्न भएको थियो ।