हिन्दूहरुको महान् पर्व दशै र तिहार नजिकिदै जाँदा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सुरक्षा व्यवस्थामा कडाई गर्ने भएको छ । प्रहरी नायव उपरिक्षक एकनारायण कोइराला अनुसार चाडपर्वको बेलामा लुट्पाट- चोरीका घटना बढ्ने, मादक पदार्थ सेवन गरेर हो-हल्ला गर्ने, जुवातास खेल्ने लगायतका गतिबिधी हुने भन्दै जिल्लाभर सुरक्षा व्यवस्थालाई कडाई गर्ने भएको हो । यस्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सर्वसाधारणलाई सुरक्षाका उपायहरु अवलम्बन गर्न अनुरोध समेत गरेको छ ।
श्याम घिमिरे/प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सस्कृतिको जगेर्ना गरौ,बिकृति र बिसंगतिको अन्त्य गरौ भन्ने मुख्य सन्देश सहित जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सर्बसाधारणको लागी चेतना मुलक सन्देश जारी गरेको छ ।
हिन्दुहरुको महान चार्ड बिजया दशमी र दिपाबलीको अबसर पारी सहर बजार र गाँउघरमा चोरी डकैति तथा लुटपाटका घटनाहरु हुनसक्ने भन्दै सबै सर्बसाधारण जनताहरुलाई सचेत , होसीयार र सुरक्षीत हुन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले हिजो एक सार्बजनीक सुचना प्रकासीत गरी सबैकोे ध्यान आर्कषण गराएको हो ।
साथै प्रहरीले आफ्नो टोल छिमेकमा अपरीचित ब्यक्तीको आवतजावत तथा संकास्पद गतिबिधि तथा अपराधिक क्रियाकलापहरु देखीएमा प्रहरीलाई १०० नम्बरमा वा ९८५७०९०३५२ मा फोन गर्न प्रहरी नायब उपरीक्षक एक नारायण कोईरालाले आग्रह गर्नु भएको छ ।