सन्धिखर्कका बसपार्क फुदबाङ र हस्पिटल क्षेत्रमा व्यापक अनुगमन, म्याद नागेका खाद्य बस्तु जफत, मदिरा नष्ट

श्याम घिमिर
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको सक्रियतामा सदरमुकाम आसपासका क्षेत्रहरु बसपार्क, फुदबाङ र हस्पिटल क्षेत्रमा व्यापक बजार अनुगमन गरिएको छ । जिल्ला अनुगमन समिति बाट चाडपर्व लाई ध्यानमा राखि उपभोक्ता स्वास्थ्य लाई संबेदनसिल रूपमा हेरेर बजार केन्द्रीकृत अनुगमन गरीएको हो । 
सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले अर्घाखाँची डट्कमलाई जानकारी गराए अनुसार अनुगमनको क्रममा म्याद नागेका खाद्य बस्तु ,पेय पदार्थ, ४० लिटर  लोकल रक्सी र ३ कार्टुन अन्य रक्सि जफत गरिएको खबरमा जनाईएको छ । 
पछिल्लो समयमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा अर्घाखाँचीमा आउनु भएका प्रजिअ खिमराज भुसालले जिल्ला प्रसासन कार्यालयले गर्ने कार्यहरूमा  थप शसक्त बनाउन लाग्नुभएको सहजै रुपमा अनुमान गर्न सकिन्छ ।

अन्य समाचारहरु