सन्धिखर्कमा । तस्बिर: प्रेम खड्का, अर्घाखाँचीडट्कम
श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) असोज २ । हिन्दुहरुको महान चार्ड बिजया दशमी र दिपाबलीलाइ मध्यनजर गर्दे यातायात क्षेत्रलाई ब्यबस्थीत र मर्यादित ढंगले सन्चालन गर्ने उद्धेश्यले हिजो जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा जिल्ला यातायात ब्यबस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला स्थीत बिभिन्न यातायात ब्यबसायहिरु,प्रहरी नायब उपरीक्षक एकनारायण कोईराला, जिल्ला प्राबिधिक कार्यालयका इन्जीनियर लगायतको उपस्थीत रहेको थियो ।
बैठकले चार्डपर्बलाई मध्यनजर गर्दे यातायात ब्यबस्थापन नियम अनुसार सुरक्षीत, भरपर्दो, चुस्तदुरुस्त एवं प्रभाबकारी बनाउनको लागी बिभिन्न निर्णयहरु गरेको छ । त्यस्तै बैठकले क्षमता भन्दा बढी यात्रुहरु नराख्न, ट्राफीक नियमहरुको पालना गर्न, टिकटको अनिबार्य ब्यबस्था गर्न, सबै ट्याक्सीहरुमा अनिबार्य मिटर जडान गर्न, तोकिएको भाडादर मात्र लिन सम्बन्धीत पक्षलाई आग्रह गरेको छ । यदी नियमलाई पालना गरेको नपाईएमा कडा भन्दा कडा कारबाही गरीने समेत बैठकले निर्णय गरेको छ ।
साथै साही बैठकले बिभिन्न सार्बजनिक स्थानहरुमा र्साजनिक सौचालयको बिकास र सन्चालन गर्ने निर्णय समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रिले बताउनु भयो ।