छत्रदेव गाउँपालिकाको भगवतीमा ७७ बर्षीया बृद्धाको विभत्स हत्या


मधुसुधन पाण्डे 
छत्रदेव, भगवती अर्घाखाँची असोज ४ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७, साविकको भगवती गाविसमा एक वर्ष नपुग्दै फेरी अर्को मानिसको हत्या भएको छ । 
भुस्खाता भनेर चिनिने साविकको भगवती गाविसमा गत वर्ष एक जना व्यक्तिले आफ्नो साथीको हत्या गरेका थिए । त्यसै गाउँको काउले, उपल्लोधारा टोलमा आज विहान एउटी ७७ बर्षीया वृद्धाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ । ७७ बर्षकी श्यामकला पाण्डेको अज्ञात समुहबाट हत्या भएको प्रहरीले जनाएको छ । हिजो साँझ रक्ताम्य अवस्थामा उनकै घरमा शव भेटिएको छिमेकी राम प्रसाद पाण्डेले बताए ।
घटनाको प्रकृति हेर्दा सिलौटाले टाउकोमा प्रहार गरेर हत्या भएको पाईएको छ । अहिले विहान घटना स्थलको अनुसन्धान गरी शव पोष्टमार्टमका लागि सन्धीखर्क ल्याईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी एकनारायण कोईरालाले बताए ।
प्रारिम्भक अनुसन्धानको चरणमा भएकोले अहिले केहि वोल्न नमिल्ने उनको भनाई छ । मृतकको टाउँको र चिउँडोमा विभत्स चोटहरु छन् । मुल अगेनाको छेउँमा मकै छोडाउँदै बसेकी बृद्धालाई लिस्नो मुनी राखिएको सिलौटो प्रहार गरेको घटना स्थलको प्रकृतिले देखाउँछ ।
भुईमा रगत जमेको छ । मकैहरु रगतले भिजेका छन् । उनले कानमा लगाएको सुनको मडवारी छैनन् । घाँटीको सिक्री आधा उनको हातमा र आँधा भुइँमा भेटिएको छ ।

अन्य समाचारहरु