पाणिनी गाँउपालिकामा प्रथम गाँउ सभाले बजेट विनियोजन, सबै घरधुरीमा यसै बर्ष विजुली बल्ने

प्रेमनारायण आचार्य
पाणिनी, अर्घाखाँची ४ असोज । पाणिनी गाँउपालिकाका सबै घरधुरीमा यस बर्ष विजुली बत्ती बल्ने भएको छ । अझै पनि सबै घरधुरीमा विजुली नबोलेको ठहर गर्दै सबै घरधुररीमा विजुलीबत्तीको पहुच पुराउने गरि निति तथा कार्यक्रम मार्फत गाँउ सभाले बजेट विनियोजन गरेको हो ।  
पाणिनि गाँउपालिकाको प्रथम गाँउसभाले विद्युतलाइ लोडसेडिंग मुक्त बनाउने तथा प्रत्येक घरधुरीमा सफा र स्वच्छ खानेपानीको ब्यबस्था गर्ने गरि बजेट विनीयोजन गरेको गाँउ पालिकाका अध्यक्ष अचयुत गौतमले बताउनु भयो । 
पाणिनिलाइ मासु, अण्डा र दुधमा आत्म निर्भर बनाउने आफ्नै घरमा रोजगारीको ब्यबस्था गर्ने,  पर्यटकीय स्थलको ब्यापक प्रचारप्रसार गरि पर्यटनको आवगनमा बृद्धि गराउने गरि कार्यक्रम अगाडी बढाएको छ । 
प्रयेक वडामा आउने शैक्षिक सत्र देखि एक विद्यालयलाइ अंग्रेजी माध्यमबाट पढाइ नमुना विद्यालयको रुपमा विकास गर्ने भएको छ । पाणिनि र दुर्वाशेश्वर ऋषिको वरदान , समृद्ध गाँउपालिका हाम्रो अभियान भन्ने मुल नाराका साथ पाणिनि गाँउपालिकालाइ नमुना गाँउपालिका बनाउने गरि कार्यक्रम बनाएर बजेट विनियोजन गरेको अध्यक्ष गौतमको भनाइ छ । 
गाँउ सभाले चालु खर्च, पुजी गत खर्च र सामाजिक सुरक्षा भत्ता गरि कुल ४१ करोड, ५९ लाख ४७ हजार ९ सय चार रुपैया बराबरको बजेट गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले प्रस्तुत गर्नु भएको थियो ।
 
गाँउ सभामा उपाध्यक्ष लक्ष्मी गौतमले सबैको छलफल र बस्तीहरुको माग अनुसार बजेट विनियोजन गरेको बताउदै पाणिनि गाँउपालिकालाइ समृद्ध गाँउपालिका बनाउन सबै लाग्नु पर्ने बताउनु भएको थियो । 

अन्य समाचारहरु