भुमिकास्थान नगरपालिकाको आ.ब २०७४।०७५को कुल ३७ करोड ७३ लाख रुपैयाको नीति तथा कार्यक्रम सार्वजनिक

श्याम घिमिरे 
भुमिकास्थान, अर्घाखाँची असोज ४ । प्रथम नगर सभाले गरेका नीति तथा कार्यक्रमहरूको  सार्वजनिक गर्ने उदेश्यले भुमिकास्थान नगरपालिकाको आयोजनामा  पत्रकार सम्मेलनको आयोजना गरि  निर्णयहरूको सार्बजनिक गरिएको छ ।
 पत्रकार सम्मेलनमा नगरप्रमुख रेशम थापाले आब २०७४।०७५को कुल ३७ करोड ७३ लाख ६३ हजार ६ सय ३३ रुपैयाको आय ब्यय सार्बजनिक गर्नु भएको थियो । बार्षिक कार्यक्रम तथा बजेटको सार्बजनिकीकरण गर्नु हुदै प्रमुख थापाले नगरभित्र पर्यटन, कृषी, सडक, शिक्षा, स्वास्थ्य र चेतनामुलक कार्यक्रम लगायतका कामहरुमा धेरै रकम बिनियोजन गरीएको बताउनु भएको थियो । 
त्यस्तै थापाले जनताहरुको आबश्यकतालाई भरपुर सम्बोधन गर्न खोजीएको भएतापनि कानुनी ब्यबधानका कारण सोचेअनुसार गर्न नसकिएको बताउनु भएको थियो । कार्यक्रम लेखा अधिकृत नबिन श्रेष्ठको स्वागत मनतब्य र कार्यकारी अधिकृत रुद्रलाल भुसालको सन्चालन सम्पन्न भएको हो । 

अन्य समाचारहरु