मृतक पदम बहादुर सुनार ।
बाबुरोका मगर
नोएडा, न्यू दिल्ली ( अर्घाखाँचीडट्कम) । भारतको राजधानी दिल्ली नजिकैको शहर ग्रेटर नोएडामा एक अर्घाखाँचीबासीको गोली हानी निर्ममता पुर्ण हत्या भएको छ ।
नोएडा स्थित एक पोंटी चड्डा ग्रुप , वेब “शराब” कम्पनीमा कार्यरत अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १५ डिभर्नाको अमिलेका पदम भनिने चन्द्र बहादुर बिकको बुधबार राती डिउटीको समयमा केही अज्ञात समुहले गोलीबाट हानी निर्ममता पुर्ण हत्या भएको हो ।
बुधवार राति करिब ९ :३० बजे त्यहि ग्रुपको पसलबाट पैसा उठाएर फर्कने क्रममा हतियारधारी समुहले उनीहरुको गाडीमा आक्रमण गरेका थिए । गाडीमा ५ जना सवर थिए १ जना नेपाली र अन्य ४ जना भारतीय नागरिक हुन् । गाडी चालक स्वर्गीय पदम र एक जना सेक्युरिटीको घटना स्थलमै मृत्यु भएको थियो भने अर्का एक जना सेक्युरिटीको स्वस्थ्य अवस्था गम्भीर रहेको र २ जना ईन्चार्ज भने सकुसल रहेको बताएका छन् । उक्त कम्पनिमा अझै पनि करिब १५० नेपाली कामदार रहेका छन् ।
मृतकको शब पोस्ट मार्टमपछि एम्बुलेन्समा राखी भाई गोपाल बिक र आफन्तको सहयोगमा नेपाल पठाईएको छ ।
घटनाको प्रहरीले मुचुल्का लिएको थियो । गोली हानी हत्या भएपछि स्थानिय प्रहरीले एफआईआर दर्ता गरी हत्या गर्ने अपराधिक गिरोहको खोजी गरिरहेको छ । उनिहरुको पहिचान भएपनि अहिले सम्म प्रहरीले प्रकाउ गर्न सकेको छैन् । स्थानिय पत्रिकाले हत्याराहरु अनित तोता र यस अगाडि प्रहरी कारबाहीमा मारिएका भवेन्द्र समुह रहेको उल्लेख गरेको छ ।
हत्या भएको थाहा पाएपछि पदमका आफन्त र साथीभाईले भारतमा रहेका विभिन्न संघसंस्था र मिडियालाई जानकारी गराएपछि पत्रकार समाजसेवी लगायत नेपाली देशभक्त आवाजका प्रतिनिधिहरुको उपस्थितमा कम्पनिको मालिकसंग छलफल गरि साढे पाँच लाख ३५ हजार राहत दिने सहमती अनुसार अहिले ८५ हजार भारतीय रुपैया उपलब्ध गराइएको छ । साथै बाँकी केहिदिनपछि दिल खत्री, जीवन र दुर्गाको रोहबरमा दिने गरी कागज गराइएको घटनामा उपस्थित कृष्ण घर्तीले जानकारी दिए ।
मृतक पदमका नेपाल घरमा बुवा ,आमा , श्रीमती, ११ वर्षीय १ छोरी र ७ वर्षका १ छोरा रहेका छन् । आइपुगेको दशैमा छोरालाइ गोली हानी हत्या गरिएको खबर पाएपछि मृतकको घरमा ठूलो बज्रपात भएको छ ।
उता घटनापछि स्थानिय नेपालीहरुले घटनाको छानबिन गरी हत्याराको खोजी गर्न दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनिहरुले भारतमा नेपालीहरु लुटिनु मारिनु ठगिनु सामान्य जस्तो ठान्दछन हामी नेपालीहरुलाई हेपाह जस्तो ब्यबहार गर्छन । किनकी हामी नेपालीहरु सामान्य जनता देखि लिएर नेता गोता अभिनेता सम्मको एक एक कमजोरिहरु बुझिसकेका छन कारण नेपालीहरुमा अडिकता अनि एकता नहुनु हो ।