अर्घाखाँचीमा प्रहरी हाम्रो टोलमा अभियान सुरु

अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।अर्घाखाँची जिल्लामा शुक्रबारदेखी प्रहरी हाम्रो टोलमा अभियान सुरु भएको छ ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, उपमेयर ठाकुर विक, भुमिकास्थान नगरपालिकाका मेयर रेशम थापा लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले “प्रहरी हाम्रो टोलमा” को बारेमा जानकारी गराएका थिए ।  कोईरालाले प्रहरी हाम्रो टोलमा भन्ने नाराको सार्थकताको बारेमा बोल्दै यसले समाजमा रहेको अपराधलाई कम गर्दै नागरिकसंगको सामिप्यता झन बढ्ने र प्रहरी र जनता बीचको सुमधुर सम्बन्ध स्थापित हुने बिषयमा स्पष्ट पार्दै अबधारणा पत्रको लक्ष र उद्देश्यको बारेमा प्रकाश पार्नु  साथै कार्यक्रममा उपस्थित बिभिन्न बक्ताहरूले प्रहरीले जनतासंगको सहकार्य एवं शान्तिसुरक्षा कायम राख्ने कार्यमा उक्त अबधारणाले अब्बल भुमिका खेल्ने र सम्पुर्ण राजनैतिक पार्टी एवं संघ संस्थाहरूले ‘प्रहरी हाम्रो टोलमा’ भन्ने कार्यक्रमलाई साथ दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुका साथै बिगतमा प्रहरीले ल्याएको मुस्कान सहितको प्रहरी सेवा, प्रहरी मेरो साथी जस्तै यो प्रहरी हाम्रो टोलमा भन्ने कार्यक्रम पनि जन केन्द्रीत रहेको र प्रत्येक ब्यक्तीहरू सुरक्षाको पहुँचमा रहेको र आफू सुरक्षित छु भन्ने आभाष महशुस गराउन यस कार्यक्रमले अहम भूमिका खेल्ने धारणा समेत ब्यक्त गरेका थिए । 
‘शान्ति सुरक्षा र सुशासन,जनमैत्री प्रहरी र प्रशासन’ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको प्रमुख आतिथ्यता एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु