विबेकशिल साझा पार्टीको सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे
 सन्धिखर्क, अर्घाखाँची असोज ७ । बिबेकशील साझा पार्टीका केन्द्रीय संयोजन समितिका सदस्य मुमाराम खनालले ठुला भन्ने पार्टीहरुले देशमा कुनैपनि प्रकारको निकास दिन नसकेको हुनाले सच्चा बिबेकशील ब्यक्तिहरुको राजनिति क्षेत्रमा आबश्यकता रहेकोले सबै सच्चा नेपाली नागरीकहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन । 
बिबेकशील शाझा पार्टी अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा शनिबार गरेको अन्तरक्रिया कार्यक्रममा मनतब्य राख्दै नेता खनालले यस्तो धारणा ब्यक्त गरेका हुन । बिचौलिया र दलालले देशमा जरो गाड्दै आईरहेको कारण देशमा आमुल परीबर्तन हुन नसकेको भन्दै बिधि,पारदर्शिता,उत्कृष्टता र समानबृद्धि लगायतका कुराहरुलाई आत्मसाथ गरी अगाडी बड्नु पर्नेमा जोड दिएका थिए । 
त्यस्तै नेता खनालले जनताले  तिरेको करबाट तलब खाईरहेको ब्यक्तिले कुनैपनी दलको झण्डा बोकेर हिड्नु बिडम्बना भएको भन्दै त्यसो नगर्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा बिबेकशील साझा पार्टीका नेताहरु हरीकृष्ण अधिकारी,बिष्णुराज रेग्मी,सुदन ज्ञबाली लगायतले मनतब्य राखेका थिए । साथै कार्यक्रममा जिल्लाका क्रीकेट खेलाडी बिक्रम भुसाल लाई सम्मान समेत गरिएको थियाे । 
 कार्यक्रम  हरीप्रसाद भुसालको स्वागत मनतब्य र तिलक अधिकारीको सन्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु