सिद्धारामा कृषि तथा पशु बिकास महिला सहकारी संस्थाको प्रथम साधारणसभा सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धारामा श्री सिद्धारा कृषि तथा पशु बिकास महिला सहकारी संस्था लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । 
तदर्थ समितीका अध्यक्ष शुसिला आचार्यको अध्यक्षतामा, दिनेश बेल्बासेको आथित्यतामा, प्रेम लाल भुसालको आथित्यमा सम्पन्न प्रथम साधारणसभाबाट  ९ सद्स्यिय संचालक समिती चयन गरिएको छ । अध्यक्षमा शुसिला आचार्यलाई निर्वाचित गरिएको छ । 
केशव राज बेल्बासेको संचालनमा सम्पन्न कार्यक्रममा ७० जना भन्दा बढीको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु