ठाडामा भन्सार छली गरी ल्याउने यात्रुको लाखौं बराबर सामान बरामद, यात्रुलाई ओराल्दै सवारीसाधन चेकजाँच (तस्बिर सहित)

प्रेम खड्का 
ठाडा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । बडा दशै नजिकिदै गर्दा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको ठाडा प्रहरी चौकीमा सवारीसाधन चेकजाँचमा कडाई गरिएको छ ।  
भारत लगायत बाहिरबाट भन्सार नतिरी समान लिएर आउने यात्रु, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारबाही शुरु गरिएको हो । प्रहरीले भन्सार छली गरेर ल्याइएका यात्रुको लाखौंको सामान बरामद गरी पुन: भन्सार तिर्न पठाएको छ । ठाडा प्रहरी चौकीमा सम्पूर्ण सवारीसाधनमा खानतलासी लिईरहेको छ । 
दशैको बेला दुर्घट्ना नहोस् भन्नका लागि क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारबाही शुरु गरिएको ठाडा प्रहरी चौकीका प्रमुख नवराज न्यौपानेले अर्घाखाँचीडट्कमलाई बताए । क्षमता भन्दा बढी बोक्ने बसबाट यात्रुलाई ओराल्ने र अर्को गाडीमा पठाउने गरिएको न्यौपानेले बताए । चाडबाडमा यात्रुहरु ठगीने भएकाले सजग रहन पनि यात्रुहरुलाई न्यौपानेले आग्रह गरे ।  
यस्तै प्रहरीले क्षमता भन्दा बढी बोक्ने सवारीसाधनका धनीलाई कारबाही गरेको छ । अहिले सम्म दर्जनौ सवारीसाधन कारबाहीमा बारेका छन् । 
अर्घाखाँचीमा चाडबाडलाई लक्षित गरि प्रहरीले जिल्लाका बिभिन्न स्थानमा चेक पोईन्टनै खडा गरि सवारी चेकजाँचमा कडाई गर्दै आएको छ ।

अन्य समाचारहरु