सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा हिन्दूहरुको महान पर्व बडादसैँ अन्तर्गत सप्तमी तिथिमा नेपाली परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइएको छ।
अर्घाखाँचीको प्रसिद्ध मन्दिर अर्घा भगबती मन्दिरबाट ल्याएको फुलपाती बाजा गाजाका साथ सन्धिखर्क लगायत बिभिन्न स्थानमा रहेका मन्दिरमा भित्तयाईएको छ ।
त्यस्तै खाँचीकोटको खाँची भगबती मन्दिरमा समेत र्बैदिक बिधि पुर्बक फुलपाती भित्रयाईएको छ । त्यसैगरि शितगंगा नगरपालिका – ३ मा र्बैदिक बिधि पुर्बक फुलपाती भित्रयाईएको छ ।
त्यसैगरि सदरमुकाम सन्धिखर्कमा रहेको चन्दननाथ गण र नेपाल प्रहरीले पनि अर्घा भगबतीको मन्दिरबाट ल्याएको फुलपातीलाई बाजा गाजा र बैदिक बिधि पुर्बक भित्रयाएको छ ।
त्यस्तै साविक वांगलाको वाड न. ५ मा रुहेको भगबती मन्दिर, ठाडाको दुर्गा भवानी मन्दिरमा पनि फूलपाती भित्र्याइएको छ ।
यसैक्रममा किमडाँडा असुरकोट धनचौर ढिकुरा लगायतका स्थानमा परम्परागत रुपमा फूलपाती भित्र्याइएको छ ।