भूमिकास्थानको नुवाकोट पानडाँडाकी मृगौला पीडित महिलालाई बहराइनबाट आर्थिक सहयोग

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड न ७ पानडाँडा र साबिक नुवाकोट गाबिस वार्ड न ५ पानडाँडाकी मृगौला पीडित श्रीमती श्यामकला रायमाझीको उपचारका लागि बहराइनमा बस्ने नेपाली एवम अर्घाखाँची प्रबासी समाज बहराइनले आर्थिक सहयोग गरेको छ ।
पानडाँडाका मोहन बहादुर रायमाझीकी ३३ वर्षिया श्रीमती श्यामकला रायमाझीकोको उपचारका लागि अर्घाखाँची प्रबासी समाज बहराइनको सक्रियतामा संकलन गरिएको रकम रु. २०,००० ( २० हजार रुपैया) सन्धिखर्कमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग रकम स्थानिय समाजसेवी सहयोगीले मृगौला पीडित श्रीमती श्यामकला रायमाझीकी छोरी छोरी अबिना रायमाझीलाई हस्तान्तरण गरिएका थिए । 
श्यामकलाको परिवारको आर्थिक अबस्था अत्यन्तै नाजुक दयनिय रहेको र भ्एको सबै पैसा सबै उपचारमा खर्च भैइसकेकोले र उनको बिगत फाल्गुन २०७३ देखी दुई वटै मृगौला खराब भएका कारण भैरहवा मेडिकल कलेज, वीर हस्पिटल लगायतमा उपचार गरिरहेको र अहिले पोखरा स्ठित मणीपाल अस्पतालमा मृगौलाको डायलासिस उपचार गराउने क्रममा पनि श्यामकला रायमाझीको मृगौला उपचारमा सुधार हुन नसक्दा पोखरामा किड्नी उपचारको सम्भब छैन भन्ने सल्लाह सुझाब दिएपछि हाल श्यामकला आर्थिक स्थिति कमजोर भएको कारण उपचार गर्न छोडेर आफ्नै घर पानडाँडामामा बिस्तारमा थला परेकी छिन् ।
यस्तै श्यामकलालाई काठमाडौंको मृगौला प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपणको लागि जानु पर्ने भएकोले र प्रत्यारोपणको लागि कम्तिमा पनि १२ लाख देखि १५ लाख सम्म आवस्यक पर्ने भएको छ । साथै समयमा प्रत्यारोपण नभएमा बचाउन गार्हो पर्ने बताइएको छ ।
मृगौला पीडित श्यामकला रायमाझीको लागि निम्न व्यक्तिहरुले सहयोगी गरेका थिए । सहयोगी दाताको नामावली यस प्रकार छ:-
१ – अर्घाखाँची प्रवासी समाज बहराईन 
२ – राहुल रायमाझी 
३ – सुर्य थापा 
४ – रामु सेजवाल
५ – शिव थापा 
६ – बिक्रम भट्टराई 
७ – बिकास खनाल 
८ – युबराज के.सी.
९ – कृष्ण प्रसाद गैरे
१० – राम भट्टराई 
११ – हिम्मत के.सि. 
१२ – बाबुराम थापा 
१३ – केशव खनाल 
१४ – बिष्णु सारु मगर 
१५ – कृष्ण बि.सि.
१६ – धन ब बस्नेत 
१७ – कमल घिमिरे 
१८ – केशव दंगाल 
१९ – सन्तोष सोमै
२० – केशव थापा क्षेत्री
२१ – केशव थापा 
२२ – अनमोल राक्से मगर
२३ – देब थापा 
२४ – शिव शंकर आचार्य (पोखरा)
२५ – रमेश बि.क.
यस्तै कसैले श्यामकलालाई बचाउन सहयोग गर्नुपरेमा श्रीमती सीता रायमाझीको अर्घाखाँचीमा रहेको राष्ट्रिय बाणिज्य बैंक सन्धिखर्क शाखा अर्घाखाँची बचत खाता न:- २०३५८ मा जम्मा गर्न सकिने छ।  वा निजको संपर्क मोबाईल न:- ९८४७३४४९१०र ९८१७५७८८५८ मा सम्पर्क गर्नसकिने छ । 

अन्य समाचारहरु