अर्जुन भुसाल
अर्घाखाँची असोज १२ । नयाँ शक्ति पार्टीका ५ नम्वर प्रदेश सदस्य प्रेम वञ्जाडे नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
मदन आश्रित स्मृति भवन सन्धिखर्कमा आयोजित एक कार्यक्रममा उहाँ एमालेमा प्रवेश गर्नु भएको हो । उहाँलाई एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष चेतनारायण आचार्य लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो । उहाँ सँगै उहाँकी श्रीमती राधिका वञ्जाडे पनि सँगै एमालेमा प्रवेश गर्नु भएको हो ।
पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष आचार्यले वञ्जाडेलाई उचित जिम्मेवारी दिने बताउनुभयो । उहाँले एमालेको नीति र विचारका कारण एमालेमा प्रवेश गर्नेहरुको लहरनै चलिरहेको बताउनु भयो । वञ्जाडेले अहिलेको अवस्थामा एमाले भन्दा उपयुक्त पार्टी अरु नभएकाले आफू एमालेमा प्रवेश गरेको बताउनुभयो । उहाँले पाटीले दिएको जिम्मेवारीलाई अनुशासन पूर्वक निर्वाह गर्ने बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा एमाले प्रदेश नं. ५ का सदस्य रामजी प्रसाद घिमिरे, केन्द्रीय स्कुल विभागका सदस्य वुद्धि बहादुर रायमाझी, जिल्ला सचिव राम बहादुर चौहान, उपसचिव प्रेमनारायण गैरे, जिल्ला कमिटी सचिवालय सदस्य पिताम्वर भुसाल लगायतका नेताहरुको उपस्थिति थियो ।