अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका बिशेष महत्त्वपूर्ण पर्यटकिय स्थानहरूकाे बृतचित्र (भिडियाे डकुमेन्ट्री) निर्माणकार्यकाे शुभारम्भ भएको छ ।
समृद्ध अर्घाखाँची निर्माणमा पर्यटनको योगदान, पर्यटकीय स्थलहरुको पहिचान, बिकास एबं प्रबर्द्धन हाम्रो अभियान अभियन्ता नारायण खत्रीको परिकल्पनामा जिल्लाका पर्यटकिय स्थलहरुको बृत्तचित्र निर्माण कार्यक्रम २०७४ को शुभमुहुर्त सदरमुकाम सन्धिखर्कको शान्तिबगैचाबाट दशैको अष्टमीको दिन पारी शुभारम्भ गरिएको हो ।
शान्तिबगैचाबाट शुभारम्भ पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले गरेका थिए । साथै सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, उपमेयर ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायव उपरिक्षक एकनारायण कोईराला लगायतको उपस्थिती रहेको थियो ।
अर्घाखाँची जिल्लाका ऐतिहासिक ,धार्मिक ,पुरातात्त्विक ,पर्यटकिय स्थलहरु पाणिनी तपोभुमी,सुपादेउराली शिद्देश्वर शिबालय अर्घादरबार ,खाँचीदरबार ,१०८पान्चायन मन्दिर शान्तिबगैंचा,डमरुदह नरशिंहस्थान ,मथुराबेशी ,बल्कोट पौवा,छ्त्रदेव मन्दिर ,रानिगुफा ,बाणगंगा,सितापुर ,मालारानी मन्दिर ,मनचिन्ते पानी ,सेङलेक दह ,दुर्बाबेश्वर गुफा ,लगायतका स्थानहरुको बृत्तचित्र निर्माण गरिदैंछ ।