नुवाकोट पानडाँडाकी मृगौला पीडित श्यामकला रायमाझीको पैसाको कारण समयमा उपचार नहुँदा निधन

युवराज थापा 
काठमाडौं । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड न ७ पानडाँडा र साबिक नुवाकोट गाबिस वार्ड न ५ पानडाँडाकी मृगौला पीडित श्यामकला रायमाझीको आर्थिक अवस्था कमजोर भएको कारण समयमा उपचार नहुँदा निधन भएको छ ।
पानडाँडाका मोहन बहादुर रायमाझीकी ३३ वर्षिया श्रीमती श्यामकला रायमाझी काठमाडौंको बानेश्वर भेनेस भेन्टिलेटर हस्पिटलमा आज  निधन भएको हो । उनको विदेशबाट नेपालीहरुले गरेको आर्थिक सहयोगले काठमाडौंमा उपचारको लागि लगिएको थियो । 
श्यामकला रायमाझीको आर्थिक अवस्था कमजोर भएको कारण उपचार गराउन देशविदेशबाट अर्घाखाँचीबासी लगायतका नेपालीहरुले सहयोग संकलन गरिरहेका थिए । 
श्यामकलाको परिवारको आर्थिक अबस्था अत्यन्तै नाजुक दयनिय रहेको र भ्एको सबै पैसा सबै उपचारमा खर्च भैइसकेको थियो । र उनको बिगत फाल्गुन २०७३ देखी दुई वटै मृगौला खराब भएका कारण भैरहवा मेडिकल कलेज, वीर हस्पिटल लगायतमा उपचार गरिइएको थियो  र  पोखरा स्ठित मणीपाल अस्पतालमा मृगौलाको डायलासिस उपचार गराउने क्रममा पनि श्यामकला रायमाझीको मृगौला उपचारमा सुधार हुन नसक्दा पोखरामा किड्नी उपचारको सम्भब छैन भन्ने सल्लाह सुझाब दिएपछि श्यामकला आर्थिक स्थिति कमजोर भएको कारण उपचार गर्न छोडेर आफ्नै घर पानडाँडामामा बिस्तारमा थला परेकी थिईन् ।
श्यामकलालाई काठमाडौंको मृगौला प्रत्यारोपण केन्द्रले मृगौला प्रत्यारोपणको लागि कम्तिमा पनि १२ लाख देखि १५ लाख सम्म आवस्यक पर्ने बताएको थियो ।  साथै समयमा प्रत्यारोपण नभएमा बचाउन गार्हो पर्ने बताइएको थियो । 
उनका एक १६ वर्षिया छोरी अबिना रायमाझी, एक छोरा र श्रीमान रहेका छन् ।   

अन्य समाचारहरु