पाणिनी गाऊँपालिका ५ भर्तापुर चेनडाँडामा सराय नाच सम्पन्न

प्रदिप सूर्यवंशी  
मैदान भर्तापुर अर्घाखाँची २०७४ असोज १६ । अर्घाखाँची जिल्लाको पाणिनी गाऊँ पालिका ५ मैदान भर्तापुर स्थित चेनडाँडामा रहेको आलम देवी मन्दिरमा सराय नाच तथा पुजाआजा भएको छ ।  
प्रत्येक वर्ष विजया दशामी अर्थात वडा दशैको द्वादशी तिथिको दिन गरिने यो नाँचमा पन्चेवाजाको साथमा पन्चगोली र मेड़ों ल्याउने चलन रहेको छ । र यस मन्दिरमा दर्जनौ जनाले पशुवलि चदाएका थिए। यस मन्दिरमा अर्घाखाँची, , कपिलवस्तु, रुपन्देहि, जिल्लाको दर्शालु आएका थिए।
यसैगरि स्वतंत्र पत्रकार जिल्ला सदस्य प्रदिप सूर्यवंशी को पनि उपस्थित रहेको थियो।  पाणिनी ५ भर्तापुर चेनडाँडा स्थित ५ हजार भक्तजनहरुले दर्शन गरेको मन्दिर व्यावस्थापनका समितिले जानकारी दिनुभएको छ। भर्तापुरको चेनडाँडामा रहेको आलम देवीको मन्दिरको साखा मानिने यो मन्दिरमा वि.स २०५६ अश्विन देखी सुरुवात गरिएको यस मन्दिरमा लामो समय देखी पुजा आर्चना गर्दै आउनुभएको पुजारी डाँसुराम बेलवासले ले जानकारी दिनु भएको छ । 
विस २०५६ मा निर्माण गरिएको यो मन्दिरमा पौवा निर्माण गर्न नसकिएको र यस विषयमा सरोकारवालाले ध्यान दिन नसकेको अवस्थामा पुजापाठ गर्न र मन्दिर व्यावस्थापनका सामग्री राख्न समेत असुविधा रहेको गुनासो पुजारी तथा  मन्दिर व्यावस्थापन समितीका अध्दक्ष मन बहादुर गाहा को गुनासो रहेको छ । यस्तै विकास निर्माण तथा विकासको पुर्वधारको विषयमा   गाऊँ पालिकावाट कम चाँसो नदेखाईएको पूर्व अध्दक्ष तिल विर गाहाले वताएका छन ।

अन्य समाचारहरु