श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू ,
तपाई प्रमुख जिल्ला अधिकारी भएर अर्घाखाँची आएको १ दिन नबित्दै सनपा भालुखोला बस्ने मनिस के.सीको चितुवाको आक्रमणमा परि ज्यान गयो । तपाई अत्यान्तै चासो दिनु भयो , जिल्ला प्रहरी कार्यालयका प्रमुखले पनि चासोका साथ रातभर सुरक्षाकर्मी पनि पठाउनु भयो रातभर खोजिगरेर बिभत्स अवस्थामा सब पनि भेटियो । त्यसको भोलिपल्ट बिहान सुरक्ष समितिको बैठक बसेर नरबक्षि चितुवा नियन्त्रण गर्ने निर्णय गर्नु भयो । दिउसो सन्धिखर्क नगरपालिका प्रमुख उपप्रमुख सहित बालकको घरमा पुगी चितुवा नियन्त्रण गर्ने नभए गोलीहानेर मार्ने प्रतिबद्धता जाहेर समेत गर्नु भयो । त्यसको भोलिपल्ट बिहान सुरक्षा समितिको बैठक बसी नरबक्षी चितुवाको पचिान गरि नियन्त्रण गर्ने वा गोलि हान्ने निर्णयसमेत भयो ।
नेपाल प्रहरी सहित नेपालि सेना परिचालन गरियो ३ दिन सम्म स्थानीयको सहयोगमा टोलि परिचालन भयो त्यो पनि दिउँसो ४ बजे सम्म स्थानीय सञ्चार माध्यममा पमुखजिल्ला अधिकारीले बालबालीका आक्रमण गर्ने चितुवा गोलीहान्न निर्देशन भनेर समाचार लेखीए पढिए , राष्ट्रिय मिडियाले कभरेज समेत गरे तर ३ दिन पछि चितुवा खोज्ने काम रोकियो ।
स्थानीयबासीले पछि चितुवा यता देखीयो उता देखीय भनेर खबर गरे पनि प्रशासनले चासो नदिएको गुनासो गर्नुहुन्छ तिमिहरु पत्रकार के गरेका छौ भनेर गुनासो गर्नुहुन्छ । हामी प्रशासन लागेको छ मार्ने भनेर गोली हान्न भनेको छु भेटिएन भन्नुहुन्छ तपाईहरुले सहयोग गर्नु पर्यो भन्दा उल्टै सबै प्रशासनको नाटक हो २ बर्ष अगाडि चितुवालाई घेरेर बसीयो हामी माथी चितुवा पर्दा पनि प्रहरी गोली चलाउने आदेश छैन भनेर बस्यो यो सबै नाटकहो भनेर भन्नु हुन्छ । भालुखोलाको घटना सेलाउन नपाउँदै फेरी ढिकुरामा ११ बर्षिय बालक माथी आक्रमण भयो सूचना पाउन साथ तपाई आफै र डिएसपी साप पनि जिल्ला अस्पताल पुग्नु भयो उपचार गर्न कुनै कसुरबाँकी नराख्न निर्देशन तथा बच्चालाई काठमाण्डौ पठाउने कार्यमा लाग्नु भयो । तर त्यस पछि चितुवा मार्नको लागी सुरक्षा कर्मी परिचालन गरेको थाह पाईन । कतै सूचना नभएर हो की ? कति दिन सम्म यसरी बालबालीका चितुवाको आहरा बन्नु पर्ने हो ? फेरी आज १० बर्षिय बालक आक्रमणमा परेको र नभेटिएको भन्ने सुनियो । साच्चिकै नरबक्षि चितुवा नियन्त्रणको लागी गर्नु पर्ने महत्वपूर्ण कार्यहरु निम्न अनुसार रहेका छन ।
चितुवा सम्बन्धी बिषय बिषेसज्ञ लाई कति समयका चितुवा बाहिर निस्कन छ कस्तो स्थानमा बसने गर्दछ भनेर पहिचान गर्ने र उक्त प्रभाभित क्षेत्रमा खोज कार्य गर्ने । १० जना स्थानीय संग १ जनाका दरले हतियार चलाउने सुरक्षकर्मी परिचालन गर्ने त्यसो गर्दा सजिलै चितुवा खोजेर भेटाउन सकिन्छ । अब चितुवा खोजन गएका सुरक्षकर्मी घाम अस्ताए संगै फर्कने होईन दिन रात खोज्नु पर्यो बरु टोलि बदलने ठाउँ ठाउँमा क्याम्प बनाएर बस्नु पर्यो ,ढिकुरामा चितुवा देखीयो भनेर फोन गर्दा सदरमुकामबाट टोली जादाँ उ कहाँ पुगी सक्दछ । त्यसैले यसलाई गम्भीरताका साथ लिन जरुरी छ । निति निर्माणतहका राजनैतिक दलहरु केही दिन यता तर्फ ध्यान दिने कि ? बालबालीकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाका साथीहरुपनि त्यता लाग्ने कि ? जिल्लाबासी आमा बुबा दाजु भाई दिदिबहिनि सबै केही दिन यसलाई नियन्त्र गर्ने अभियानमा लागेमा मात्र दिर्घकालिन समस्या समाधान हुने छ । नत्र भने रोकिएन चितुवा आतंक भन्ने बाहेक केही हुर्दैन ।
प्रमुख जिल्ला अधिकारी ज्यू सरोकारवाला संग समन्वय गरेर यो समस्या समाधान गर्न पहल होस भनेर बिद्युतिय हुलाक मार्फत यो पत्र निबेदन गरेको छु । आशा छ अब देखी चितुवाले बालक आक्रमण गरेको सुन्न पाईने छैन ।
निबेदक
नविन के.सी