सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका क्षेत्रमा बाघ मार्नका लागि पुन: बिशेष सेना र प्रहरी परिचालन

प्रेम खड्का
भालुखोला , अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका क्षेत्रमा पुन: बाघ मार्नका लागि बिशेष सेना र प्रहरी परिचालन गरिएको छ ।
पछिल्लो पटक हिजो आश्विन १६ गते सोमबार सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ को कुर बेहोरेका अशोक नेपालीकी ८ वर्षिया  छोरी प्रशन्ना नेपालीलाई बाघले खाएपछि पुन: सेना प्रहरी परिचालन भएका हुन् । 
आज सोमबार सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, उपमेयर ठाकुर कुमार बिक, यस्तै खुकुरी सहित वार्ड नम्बर १२ का वार्ड अदक्ष्य नारायण खड्का, सेना, नेपाल प्रहरी, स्थानियबासीहरु सहित सयौको संख्यामा बाघ मार्न परिचालित भएका थिए । 
पुन: सेना र प्रहरी परिचालन गरेको पहिलो दिन आज नरभक्षी चितुवा, बाघ फेला परेन। पहिलो दिन सन्धिखर्कको बेहोरेको जंगल,  कुर बेल्दारा देखि खाचिकोट, ढिकुरा सम्मको सबै जंगलमा खोजी गरिएपनि बाघ फेला पर्न सकिएन ।
बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दा त्रसित भएका छन् । यस पटक प्रहरी प्रशासनले पुन: बढी सकृयता देखाएको छ । यस अघि पनि गत भाद्र २७, मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर ( साविक खाचिकोट – ६ भालुखोला बाजाबारी) का रमेश के.सी र निर्मला के.सीका ४ वर्षिय कान्छो छोरो मनिष केसीलाई बाघले खाएकोपछि २,३ दिन सेना, प्रहरी परिचालन गरियता पनि केही उपलब्धी हुन सकेको थिएन । 
पछील्लो पटक खाचिकोटको भालुखोलामा बच्चा खाएको १५ दिन नहुँदै आश्विन ११, बुधवार बुधवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरा ढोडेनी-खान्दुलामा आफ्नो घरभन्दा माथि मोटरबाटोमा खेली खेलिरहेको बेला बाघले राम बहादुर सुनार र कमला सुनारका ११ वर्षिय छोरा गोपाल सुनारलाई गम्भिर घाईते बनाएको थियो ।
अर्घाखाँचीमा बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे छ । पटक-पटक बाघको आक्रमणबाट अबोध बालबालिकाको ज्यान जाँदा समेत बाघ मार्न प्रशासन लागी नपरेको गुनासो जिल्लाबासीको छ ।
बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासन बाघ मार्नका लागि बिशेष प्रहरी, सेना भदौको अन्त्य तिर २,३ दिन परिचालन गरेता पनि अहिले मौन छ ।  
जिल्लामा गएको २,३ वर्ष भित्र लगभग एक दर्जन बालबच्चाको बाघको आक्रमणबाट ज्यान गएको छ । अर्घाखाँचीको ईतिहासमा यसरी बाघले मानविय क्षती पुराएको पहिलो पटक हो । 
बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा २,३ वर्ष देखि बारम्बार  जिउधनको रक्षाको लागि आग्रह गरिरहेका छन् । उनिहरुले नरभक्षी बाघलाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेता पनि जिल्लामा २,३ वर्षको अवधिमा कयौ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख आए तर ति सबैले जनताको समस्या कहिलै सुनेनन् । यस जिल्लामा कुनै निकायले यसलाई चासो देखाएनन् ।  
यस अगाडि पनि बाघ मार्नु पर्ने व्यापक गुनासो आएपछि बाघ मार्नका लागि प्रशासनले २,४ दिन प्रहरी परिचालन गराएता पनि उपलब्धी शुन्य रहेको छ । अर्घाखाँची नेपालको अन्य भेगमा भन्दा बढी बाघले आतङ्क मच्चाएको जिल्ला हो । विधालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन ।  
 
उता सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर बाघको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन् । सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे गाउँ छाड्न बाध्य हुने उनिहरुको भनाई छ ।
अर्घाखाँची जिल्लामा हालसम्म बाघको आक्रमण र मृत्‍युहुनेको विवरण यस्तो छ:- 

अन्य समाचारहरु