भोली अर्घा पुर्णिमा राष्ट्रिय जनमाेर्चाको विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रम हुँदै, सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी सुदर्शन सन्धिखर्कमा

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची असोज १८  । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी सदस्य हेमन्त प्रकाश वली सुदर्शनले कम्युनिष्ट नामका कलंकहरु आफै पाखा लागेको बताएका छन । क्रान्तिकारी पत्रकार संगठन अर्घाखाँचीले बुधबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा मनतब्य राख्दै नेता वलीले यस्तो भनाई ब्यक्त गरेका हुन । 
अर्घामा पुर्णिमाको दिन हुने कार्यक्रमलाई सम्बोधन गर्न सन्धिखर्क आएका नेता वलीले  कुँडाकक्कडलाई एक ठाउमा थुपार्ने  काम बिदेशी प्रभुले गरेको हुनाले नकरात्मक रुपमा बधाई दिनुपर्ने भन्दै यस्तो प्रकारको एकताबाट नेपाली काँग्रेसलाई नछटपट्याउन आग्रह समेत गरेका थिए । कर्पोरेट ब्यक्तिहरुले देश सन्चालन गरीरहेको बताउदै नेता वलीले सच्चा र क्रान्तिकारी शक्तिहरु एकै ठाउमा उभिनु पर्नेमा जोड दिएका थिए । 
साथै उनले आफुहरु एकिकृत जनक्रान्तिको बाटोमा अगाडी बढीसकेको हुनाले कुनैपनी हालतमा पछाडी नह्टने धारणा समेत ब्यक्त गरेका थिए । 
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी ब्युरो ईन्चार्ज बिरजंग,जिल्ला ईन्चार्ज सुमन ज्ञबाली लगायतको पनि उपस्थीति रहेको थियो । कार्यक्रम संगठनका जिल्ला अध्यक्ष अनिल नेपालीको सन्चालनमा सम्पन्न भएको हो । 
भोली अर्घा पुर्णिमा राष्ट्रिय जनमाेर्चाको विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रम हुँदै 
Image result for अर्घा पूर्णिमा
फाइल तस्बिर 
राष्ट्रिय जनमाेर्चा अर्घाखाँची र नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीको आयाेजनामा भाेली असाेज १९ गते अर्घाकाे रानीगैरा र मसुरपाटामा दुई छुट्टाछुट्टै स्थानमा विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।  
सांस्कृतिक कार्यक्रमकाे लागि रक्तिम सांस्कृतिक अभियान र सामना परिबारकाे टाेलीके अर्घामा  छुट्टाछुट्टै स्थानमा विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रम गर्ने भएका हुन् । 
कार्यक्रममा राजमाेका केन्द्रीय कार्यकारी उपाध्यक्ष रश्मिराज नेपाली ,शन्त बहादुर नेपाली र युबा नेता अनिलकिसाेर घिमिरे ले सम्बाेधन गर्ने भएका छन् ।  त्यस्तै नेकपा काे कार्यक्रमलाई स्थायी कमिटीका सदस्य हेमन्त प्रकाश वलि शुदर्शन तथा पाेलिट व्युराे सदस्य बिरजंग लगायतका नेताले संबाेदन गर्ने भएका छन् । 

अन्य समाचारहरु