अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाका लागी उम्मेदवार सिफारिस गरेको छ । एमालेले समानुपातिकमा क्षेत्र नम्बर १ बाट १५ जना र २ बाट ७ जनालाई सिफारिस गरेको हो ।
एमालेले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ डा. दुमन थापा, डा. डिल्लीराज खनाल, भोज बहादुर शाह, बिष्णु पन्थी, गोपाल खनाल, मुक्तिराम पाण्डे र शालिकराम आचार्यलाई सिफारिस गरेको गरेको छ । यस्तै समानुपातिक तर्फबाट नजिर मियाँ र बोम बहादुर विश्वकर्मालाई सिफारिस गरेको छ ।
उता प्रदेश सभाको लागी निर्वाचन क्षेत्र नम्बर १ बाट चेतनारायण आचार्यलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै क्षेत्र नम्बर २ मा रामजी घिमिरे, प्रेमनारायण गैरे, कुलदीप भुसाल, सुनिता बेल्वासे, नारायण बन्जाडेलाई सिफारिस गरेको छ ।
अर्घाखाँचीमा एक लाख ३८ हजार ३ सय २७ जना मतदाता
अर्घाखाँची जिल्लामा आगामी निर्वाचनको लागि एक लाख ३८ हजार ३ सय २७ जना मतदाता रहेका छन् । जस अनुसार क्षेत्र नं १ मा ३१ हजार २ सय ९४ जना पुरुष र ३३ हजार ९ सय १० जना महिला गरी जम्मा ६५ हजार २ सय ४ जना मतदाता रहेका छन् ।
यस्तै क्षेत्र नं २ मा ३७ हजार ४ सय ४३ जना महिला र ३५ हजार ६ सय ८० जना पुरुष गरी जम्मा ७३ हजार १ सय २३ जना मतदाता रहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा भन्दा क्षेत्र २मा १२ हजार मतदाता बढी रहेका छन् । साथै जिल्लामा स्थानिय तहको निर्वाचनपछि १२ हजार नयाँ मतदाता थपिएका निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।