श्याम घिमिरे | तस्बिर: बसन्त खड्का
अर्घा रानीगैरा, अर्घाखाँची असोज १९ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा बिहिबार अर्घाको रानीगैरामा विशाल जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कोजागर्त पूर्णिमाको अवसर पारेर गरिएको जनसभामा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले पछील्लो समयमा सत्ताको मोह खोसीने डरले बामपंन्थी एकताको नाममा जनतालाई भ्रम सृजना गर्ने गतिबिधी भैरहेकोे भन्दै त्यसप्रकारको भ्रममा नपर्न सम्पूर्ण नेपाली जनतालाई आग्रह गरेका थिए । नेता नेपालीले आर्थीक उन्नतीका पुर्बाधारहरु ब्यक्ति र पार्टीका स्वार्थमा डुबेर अगाडी बढ्न नसकेको हुनाले आफु अनुकुल निर्णय नगरी राष्ट्रको हितमा कामगर्न सबैलाई अनुरोध समेत गरेका थिए । साथै नेता नेपालीले राष्ट्र र राष्ट्रीयताका पक्षधर शक्तिहरु एक हुनुको बिकल्प नभएको बताउदै नयाँ संबिधानलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका थिए । संघियताले देशलाई टुक्राउने भन्दै नेपालीले हामी सबै नेपाली जनताहरु एक जुट भएर संघियताको विरोध गर्नुपर्ने बताएका थिए । समय समयमा परिवर्तन हुने सरकारले नेपाली जनताको हितमा कुनै पनि काम गर्न नसक्ने भन्दै राष्ट्र राष्ट्रियता र जनता प्रति बफादार भएर काम गर्न सरकारलाई आग्रह समेत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका भुपु केन्द्रिय महासचिब तथा भुपु संविधान सभाका सभासद सन्त बहादुर नेपालीले नेपाली जनता कसैको दास र गुलामी नभएको भन्दै आमुल परिबर्तनमा सबै नेपालीहरु एकजुट हुनुपर्ने बताएका थिए ।
कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बि.सी, राजमो पुर्ब केन्द्रीय सदस्य सागर केसी,अखिल नेपाल महिला संघकि केन्द्रिय उपाध्यक्ष सकुन्तला राना, नेकपा मसालका जिल्ला प्रबक्ता थम्मन केसि, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय उपाध्यक्ष कपील खनाल, अखिल नेपाल बुद्धिजिबी संघका केन्द्रीय सदस्य अनिल किसोर घिमिरे,जनप्रतिनिधी बाबुराम सुनार लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा रक्तिम साँस्कृतिक परिवारका केन्द्र तथा जिल्लाका कलाकारहरुले विविध जनवादी सास्कृतिक कार्यक्रम प्रस्तुत गरी दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै सिमा अतिक्रमणको बारेमा प्रर्दशन गरीएको नाटकले सबै दर्शकहरुलाई भाबुक समेत बनाएको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षता गोपाल पौडेल को स्वागत मन्तब्य र कृष्ण केसिको संञ्चालनमा सम्पन्न भएको थियो । राष्ट्रिय जनमोर्चाले देशको समसामयिक राष्ट्रिय परिस्थिति र पार्टिको कार्यक्रम तथा धारणा सार्वजनिक गर्ने माध्यमको रुपमा पञ्चायती ब्यबस्थादेखी अहिले सम्म निरन्तर अर्घाको रानीगैरामा गर्दै आइरहेको यो जनसभाले राष्ट्रिय स्तरमै महत्व राख्ने गरेको पत्रकार श्याम घिमिरेले खवर पठाउनु भएको छ ।