अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ७ फुदवाङ बजारकी एक महिला दसैं टिकाको दिन देखि बेपत्ता भएकी छिन् ।
साविक खाचिकोटको फुदवाङ बजारमा घर भई लगभग १ वर्ष देखि कपिलवस्तु जिल्लाको इमिलियामा बसोबास गर्दै आएका लाल बहादुर के.सी की २९ वर्षिया बसन्ता के.सी गत असोज १४ गते दसैं टिकाको दिन बेलुका ८ बजे देखी हराएकी हुन् ।
हप्ता दिन सम्म पनि बसन्ता संपर्कमा आउन सकेकी छैनन् । उनको ९ बर्षका छोरा प्रिन्स के.सी भन्ने हिमाल के.सी समेत रहेका छन् । उनको मालारानी गाउँपालिका बाँगी भडाराको खोका हो ।
दसैंको बेला बसन्ताको श्रीमान लाल बहादुर के.सी सँग सामान्य झगडा भएको थियो । बसन्ता लामो समयसम्म फेला नपर्दा उनका परिवारले खोजी गरिदिन भन्दै प्रहरीसँग उजुरी दिएका छन् । उनलाई देख्ने कसैले नजिकको प्रहरी र फोन:- 9857061071/9857066727 मा संपर्क गर्न अनुरोध गरिएको छ ।