खनदह सापडाडाँ बस दुर्घटनाका आठ जना गम्भिर घाइतेलाई काठमाण्डौ रिफर, ३७ जना घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा

नबिन के.सी
सन्धिखर्क, अर्घाखाँची, २० असोज ।  अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ३ सापडाडाँमा भएको बस दुर्घटनाका आठ जना घाइतेलाई काठमाण्डौ रिफर गरिएको छ ।

रिफर हुनेमा सनपा ११ कि ५० वर्षीय गोमा बस्याल र शान्ता भुसाल ,मालारानी गाउँपालिका २ का २१ वर्षीय उमेश कुवँर ,तिलोतमा नगरपालिका ३ की ६७ वर्षीय भविकला भट्टराई मालारानी २ की ३८ वर्षीया यमकला भुसाल ,मालारानी ३ का १८ वर्षीय भानु भक्त आचार्य , मालारानी गाउँपालिका ३ की ३१ वर्षीय इन्दिरा आचार्य खनाल र गुल्मी जिल धुर्कोट शोभे सार्कि रहेका छन ।
टाउकोमा चोट लागेका घाइतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत टिचिङ हस्पिटलमा रिफर गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए । उनले भने ‘गम्भिर खालका घाइतेहरुलाई थप उपचारको लागी हेलिकप्टर मार्फत काठमाण्डौ पठाएका छौ,घटना भएको तत्काल सबै जना उद्धारमा लाग्यौ स्थानीय ,नेपाल प्रहरी ,नेपाली सेना तथा विभिन्न समितिका गाडिहरु परिचालन गरेर जतिसक्दो छिटो घाइतेलाई उपचारको व्यवस्था मिलाएका थियौ । ’
बस दुर्घटनाका ३७ जना घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र २ जना सामान्य उपचारपछि घर फर्केका छन । बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमा ज्यान गएको छ । ज्यान जानेहरुमा गुल्मी जिल्ला धुर्कोट गाउँपालिका १ का ४६ वर्षीया सुन्तली बि.क र अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका ३ का ९ वर्षीय अभिनय आचार्य छन् । डाँडकटेरीबाट बुटवलका लागी छुटेको लु १ ख ७५७८ नम्वरको बस सडकबाट ६० मिटर तल खसेको छ । बसमा ओभरलोड भएको र बाटो भासिदाँ दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीरक्षक आरबी शर्माले बताए ।
घाइते सबै जनाको प्राथमिक उपचार पश्चात जिल्ला अस्पताल सन्धिखर्कमा रिफर गरिएको छ । दुर्घटनामा परेका घाइते कृष्ण आचार्यका अनुसार बसमा ४९ जना भन्दा बढि सवार थिए ।

अन्य समाचारहरु