अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल निर्माण ब्यबसायी संघ अर्घाखाँचीको चौथो साधारण सभा तथा तेस्रो अधिबेशन सदरमुकाम सन्धिखर्कमा नयाँ १७ सदस्यीय समितिको गठन गर्दै सम्पन्न भएको छ ।
सम्पन्न अधिबेशनले पुन: ऋषिराम अधिकारीलाई अध्यक्ष, काशिराम बस्याल सह- उपाध्यक्ष, कबिराम खनाल उपाध्यक्ष, प्रकाश बस्नेत महासचिव र मणिराम पौडेललाई सचीव निर्वाचित गर्दै १७ सदस्यीय समितिको गठन गरिएको छ।
नेपाल निर्माण ब्यबसायी संघ अर्घाखाँचीको चौथो साधारण सभा तथा तेस्रो अधिबेशन प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष रुद्र प्रसाद शर्मा लगायतको उपस्थिती रहेको थियो ।
तस्बिर: सहयोगी बिसी